हङकङको उच्च अदालतबाट बेलायती न्यायाधीशले दिए राजीनामा

हङकङको उच्च अदालतबाट बेलायती न्यायाधीशले दिए राजीनामा

नेपालखबर
चैत १७, २०७८ बिहिबार १२:२३, काठमाडौँ

हङकङको उच्च अदालतबाट बेलायतको सर्वोच्च अदालतका दुई न्यायाधीशले राजीनामा दिएका छन्। न्यायाधीशहरुले आफूहरुको कोर्ट अफ फाइनल अपिलमा रहेको भूमिकाले आम नागरिकको स्वतन्त्रता कायम राख्न नसक्ने भन्दै राजीनामा दिने निर्णय गरेको बताएका छन्। 

हङकङ प्रमुख क्यारी लामले न्यायाधीशहरुको राजीनामाप्रति दुःख व्यक्त गरेकी छिन्। यद्यपि बेलायतले भने न्यायाधीशहरुको राजीनामाको समर्थन गर्ने बताएको छ। अहिले हङकङ कठिन अवस्थामा रहेको बेलायतले उल्लेख गरेको छ। 

सन् २०२० मा चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुनले हङकङको स्वतन्त्रता खोसेको आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन्। सन् २०१९ मा भएको हिंसात्मक आन्दोलनपछि चीनले राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो। 

बेलायतको सर्वोच्च अदालतका न्यायाधीश रोबर्ट रीडले आफू र अर्का न्यायाधीश प्याट्रिक होड्जले हङकङको उच्च अदालतबाट राजीनामा दिने निर्णय गरेको बताएका हुन्। उनले हङकङमा राजनीतिक तथा अभिव्यक्ति स्वतन्त्रता खोसिएकाले अब हङकङमा बस्नुको औचित्य नरहेको उल्लेख गरेका छन्।

सन् १९९७ मा हङकङ चीनलाई सुम्पिने क्रममा हङकङको उच्च अदालतको न्यायाधीश बेलायती सर्वोच्च अदालतका न्यायाधीश रहने सम्झौता भएको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .