हङकङमा ६० वर्षभन्दा बढी उमेरका मानिसहरुले कोभिड–१९ विरुद्धको चौथो डोज खोप लगाउन पाउने भएका छन्।
शुक्रबार हङकङका शीर्ष अधिकारीले तत्कालदेखि लागू हुने गरी ज्येष्ठ नागरिकले कोरोनाको चौथो डोज खोप पाउन सक्ने बताएका हुन्।
हङकङका नागरिक सेवा मन्त्री प्याट्रिक निप टाक कुएनले कम्तीमा तीन महिनाअघि कोरोनाको तेस्रो डोज खोप लगाएका ज्येष्ठ नागरिकले चौथो डोज खोप लगाउन सक्ने बताएका हुन्।
त्यसको लागि पहिला नै बुक गर्नु जरुरी पनि नरहेको उनको भनाइ छ।
साथै उनीहरुले विभिन्न बहानामा खोप लगाउन कुर्नुपर्ने बाध्यता पनि नहुने मन्त्री कुएनले बताएका छन्।
समयभन्दा अगाडि नै चौथो डोज लगाउन चाहने मानिसका लागि पनि अनलाइन बुकिङको व्यवस्था गरिएको छ।
हङकङमा चौथो डोज लगाउन पाउने ६० वर्षभन्दा बढी उमेरका मानिसको संख्या १ लाख ९० हजारको हाराहारीमा रहेको अनुमान छ।
249
Shares

प्रतिक्रिया