हङकङका पूर्व विद्यार्थी नेतालाई ९ महिना जेल

हङकङका पूर्व विद्यार्थी नेतालाई ९ महिना जेल

नेपालखबर
चैत २५, २०७८ शुक्रबार १२:४१, काठमाडौँ

हङकङका एक पूर्व विद्यार्थी नेतालाई ९ महिनाको जेल सजाय सुनाइएको छ।

प्रहरी अधिकारीलाई रोक्ने प्रयास गरेको तथा न्याय सम्पादनको मामिलामा अवरोध सिर्जना गरेको आरोपमा केइथ फोङ चुङ–यिनलाई ९ महिना जेल सजाय सुनाइएको हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार दुई वर्षअघिको घटनामा दोषी पाइएसँगै उनलाई अदालतले जेल सजाय सुनाएको हो। 

सन् २०१९ को आन्दोलनको क्रममा उनले प्रहरीमाथिको आक्रमण तथा न्याय सम्पादनको मामिलामा अवरोध पुर्‍याउने प्रयास गरेका थिए।

बापटिस्ट युनिभर्सिटीको विद्यार्थी संगठनका प्रमुखसमेत रहेका उनले आफूमाथि लागेको आरोपको कुनै प्रमाण फेला नपरुन् भनेर आफ्नो आईफोनबाट सिमकार्ड निकालेर फ्याँकेका थिए भने डिभाइसको सबै प्रमाण हटाएका थिए। 

समाचारमा उल्लेख गरिएअनुसार चुङ यिनले आन्दोलनको क्रममा १० ओटा लेजर हतियार खरिद गरेका थिए। यो सूचना पाएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनको पक्राउसँगै हङकङमा प्रहरीविरोधी भवना फैलिएको थियो। 

अदालतमा सुनुवाईको क्रममा उनको आशय प्रहरीलाई चोट पुर्‍याउनु रहेको कुनै प्रमाण नभेटिए पनि अन्य दुई मुद्दामा भने उनी दोषी पाइएका हुन्। उनले प्रहरीले पक्राउ गर्दा भएको गलत बुझाइ  हटाउन प्रयास गर्नुपर्नेमा त्यसो नगरेको अदालतको ठहर छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .