हङकङका माध्यमिक अंग्रेजी शिक्षकको काम छाड्ने दर ८ वर्षकै उच्च

हङकङका माध्यमिक अंग्रेजी शिक्षकको काम छाड्ने दर ८ वर्षकै उच्च

नेपालखबर
चैत २४, २०७८ बिहिबार १२:४३, काठमाडौँ

गत शैक्षिक वर्षमा हङकङमा माध्यमिक तहमा अंग्रेजी पढाउने १३ प्रतिशत शिक्षकले आफ्नो काम छाडेका छन्।

हङकङको शैक्षिक ब्युरोले दिएको जानकारीअनुसार हङकङमा आफ्नो काम छाड्ने विदेशी अंग्रेजी शिक्षकको यो दर पछिल्लो ८ वर्षकै उच्च हो। 

ब्युरोसँग हङकङका सांसद माइकल टिएनपुक–सुनले हङकङमा विद्यालय छाड्ने अंग्रेजी शिक्षकको तथ्यांक माग गरेका थिए। उनले कोभिड–१९ नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको कारण धेरै शिक्षकले आफ्नो जागिर छाडेको बताउँदै आएका छन्। 

शैक्षिक नियामकका अनुसार प्राथमिक तहमा पढाउने ११ प्रतिशतले जागिर छाडेका छन्। सन् २०१९–२० मा हङकङमा आफ्नो काम छाड्ने शिक्षकको संख्या ९ प्रतिशतको हाराहारीमा थियो।

हङकङले आफ्ना अंग्रेजी पढाउने शिक्षकहरुका लागि आधारभूत तलबबाहेक अन्य विभिन्न किसिमको सुविधा पनि प्रदान गर्दै आएको छ।

हङकङको एक विद्यालय संगठनका उपाध्यक्ष चु वाई–इयामले धेरै शिक्षक आफ्नो पारिवारिक कारणले आफ्नै मुलुक फर्किएको र हङकङको कडा क्वारेन्टिनको नियमका कारण नफर्किएको बताए। 

यद्यपि उनीहरुले आफ्नो काम छाडिसकेको भए पनि आएपछि भने हङकङ फर्किएपछि उनीहरुले आफ्नो कामका लागि पुनः आवेदन दिन सक्ने इयामले बताए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .