हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले बुधबार कम्तीमा ६ जना मानिसलाई देशद्रोहको आरोपमा पक्राउ गरेको छ।
गत डिसेम्बर र जनवरीमा अदालतमा सुनुवाइको क्रममा उनीहरुले देशद्रोहको नियत राखेर शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
अहिले पक्राउ पर्नेमा चार पुरुष र दुई महिला छन्। जसमध्ये एकजना विपक्षी पार्टीका ट्रेड युनियन महासंघका उपाध्यक्षसमेत रहेका छन्।
प्रहरी स्रोतका अनुसार उनीहरुले गत डिसेम्बर देखि जनवरीको बीचमा विभिन्न अदालतमा उपस्थित हुँदा उनीहरुले मानिसहरुलाई भड्काउने किसिमको गतिविधि गरेका थिए।
आरोपीहरुको गतिविधिले अदालतको न्याय प्रक्रिया नै प्रभावित भएको समाचारमा उल्लेख छ।
अहिले पक्राउ परेका मानिसहरु ३२ देखि ६७ वर्ष उमेर समूहका छन्।
प्रहरीले आरोपीहरुको निवासबाट अदालतको कामकारबाही प्रभावित पार्ने उद्देश्यको प्रमाण पनि बरामद गरेको छ।
प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। उनीहरुलाई अहिलेसम्म मुद्दा भने चलाइएको छैन।
Shares

प्रतिक्रिया