हङकङमा हाइकिङका क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार एक्लै हाइकिङमा गएकी ३४ वर्षीया अमिन चाङ भीरबाट लडेकी हुन्।
स्थानीय समयानुसार शनिबार दिउँसो करिब २ बजे किमचोवाङ टोपिनचामा उनको शव देखेपछि पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि पुगेको उद्धार टोलीले उनको शव ठूला चट्टानले घेरिएको साइकुङको समुद्री तटमा फेला पारेको थियो। किनारबाट ३० किलोमिटर टाढा समुद्री तटमा उनको शव भेटिएको उद्धार टोलीले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अमिन २ वर्षयता १४ वर्षीय छोरासँग हङकङमा एक्लै बस्ने बसिरहेकी थिइन्। उनलाई पैदलयात्रा र बाहिर घुम्न मन पर्थ्याे। यसै क्रममा उनी शनिबार दिउँसो एक्लै निस्केकी थिइन्। दुर्भाग्य उनी मृत फेला परिन्।
घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।
2.6k
Shares

प्रतिक्रिया