हङकङको सामुदायिक आइसोलेसन केन्द्रमा ७ दिनमै तयार भयो ढल प्रशोधन प्रणाली

हङकङको सामुदायिक आइसोलेसन केन्द्रमा ७ दिनमै तयार भयो ढल प्रशोधन प्रणाली

नेपालखबर
चैत २८, २०७८ सोमबार ११:२५, काठमाडौँ

हङकङमा कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएसँगै तयार पारिएको सुन टिन कोभिड–१९ सामुदायिक केन्द्रमा केवल ७ दिनमा नै ढल प्रशोधन प्रणाली निर्माण गरिएको छ।

निर्माणको लागि महिनौं लाग्ने यस किसिमको परियोजना हङकङमा केवल ७ दिनमा तयार भएको त्यहाँका विकासमन्त्री माइकल वोङ वाई–लुनले बताएका छन्। 

आइतबार आफ्नो ब्लगमा लेख्दै उनले ढल प्रशोधन प्रणालीको निर्माण कार्य पूरा भएको जानकारी दिएका हुन्। उनका अनुसार केन्द्रबाट फोहोर पानी नजिकै रहेको लोक मा चोउ कन्ट्रोल प्वइन्टमा जान्छ।

जहाँ उक्त फोहोर पानी प्रशोधन गरिन्छ। पानी प्रशोधनको लागि पम्प स्टेशन र उक्त स्टेसनसम्म पानी पुर्‍याउन १.८ किलोमिटरको पाइपलाइन बनाइएको छ।  

विकासमन्त्री माइकल वोङले प्रशोधन प्रणाली निर्माणको क्रममा निकै चुनौतीको सामना गर्नुपरेको पनि बताए ।

उनका अनुसार जनशक्तिको अभाव, सामग्रीको तयारी, प्रशोधन स्थल र प्रशोधन प्रणालीको डिजाइन कस्तो रहनेलगायतका धेरै चुनौती रहेको बताए।

यद्यपि सफलतापूर्वक यो प्रशोधन प्रणालीले निर्माण सकिएको उनको भनाइ छ। 

उनका अनुसार यो प्रणाली निर्माणको लागि करिब दुई सय मानिस खटाइएको थियो, जसले प्रतिदिन २४ घण्टा नै काम जारी राखेका थिए।

गत मार्च महिनामा कोरोना संक्रमण बढेसँगै दुई सातामा यो सामुदायिक आइसोलेसन केन्द्र स्थापना गरिएको थियो।

यो आइसोलेसन केन्द्रमा ७२० कोठा छन् भने २८ सय इमर्जेन्सी बेड छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .