पोखरेली मञ्च यूकेको चौथो अधिवेशनले करम गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
बेलायतको बेसिङस्टोकमा सम्पन्न अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः करम गुरुङ, पवित्रा (गंगा) गुरुङ, जसु मुसेन, टिकाराम गुरुङ, विनय पुन, दिपु गुरुङ लाई चयन गरेको हो।
त्यसैगरी सदस्यहरुमा नन्द बयाम्बु, ईश्वर आले, पूर्णिामा गुरुङ, भीम महेन्द्र गुरुङ, ललित गुरुङ, योगेन्द्र (योगी) गुरुङ, अनुराग मुनाकर्मी, सोमप्रसाद गुरुङ, विनोद गुरुङ, पवित्रा भट्टराई र सुन्दर गुरुङ छन्।
निवर्तमान अध्यक्ष मानप्रसाद गुरुङलाई सल्लाहकार बनाइएको छ। नवनिर्वाचित कार्यसमितिलाई विभिन्न संघसस्थाका प्रतिनिधिले बधाई तथा शुभकामना दिएका थिए।
पोखरालगायत भूगोलका विभिन्न भागबाट आएर बेलायतलाई कर्मथलो बनाएर बसोबास गरिरहेका पोखरेली एकै छातामुनि गोलबन्द गर्दै समुन्नत समाज निर्माण गर्ने अभिप्रयले सन २००८ मा मञ्च स्थापना भएको हो। अध्यक्ष करम गुरुङका अनुसार बेलायतमा २० हजारको हाराहारीमा पोखरेलीको बसोबास छ।
खेलकुद र स्वास्थ्यमा मञ्चको लगानी
स्थापनासँगै मञ्चले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा महत्त्वपूर्ण प्रायोजन गरिरहेको छ। त्यसैगरी बेलायतमा हरेक वर्ष क्रिकेट नेपाल कप टि ट्वान्टी युूके, हाई फर नेपाल र नेपाल रन बेलायत आयोजना गरिरहेको छ। यस्तै निकट भविष्यमा नेपालका युवा र अपांगता भएकालाई सहयोग गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष गुरुङले नेपालखबरलाई जानकारी दिए।
नेपाली नयाँ वर्षको छेकोमा नेपाल रन सम्पन्न भइसकेको छ भने क्रिकेट आगामी जुलाई १०–१७ सम्म रिडिङ सहरमा सञ्चालन हुने तथा हाइक फर नेपाल अगस्ट ४–७ मा बेलायतको वेल्स राज्यमा आयोजना गरिने अध्यक्ष गुरुङले बताए।
प्रतिक्रिया