२२० फिल्म खेलेका साङका यी हुन् पाँच सबैभन्दा स्मरणीय प्रस्तुति

२२० फिल्म खेलेका साङका यी हुन् पाँच सबैभन्दा स्मरणीय प्रस्तुति

नेपालखबर
बैशाख १५, २०७९ बिहिबार १७:५५, काठमाडौँ

हङकङका चर्चित अभिनेता केनेथ साङ कङको बुधबार ८७ वर्षको उमेरमा मृत्यु भयो। ६६ वर्ष लामो अभिनय करिअरमा साङ एक पटक पनि नायकको भूमिकामा देखिएनन्। बरु उनी खलपात्रका रुपमा चर्चित बने। 

१९६९ मा मात्रै उनका २५ फिल्म रिलिज भएका थिए। जसमध्ये एक थियो हङकङ सिनेमाका क्लासिक फिल्म टेड्डी गर्ल्स। 

उनले जम्मा २२० फिल्ममा अभिनय गरे, जसमध्ये अन्तिम द अटर्नी २०२१ मा आएको थियो।

१९७० पछि उनी टेलिभिजनमा पनि काम गर्न थाले र करिब ५० सिरिजमा अभिनय गरे। 

काउलुनस्थित वा यान कलेजबाट माध्यामिक शिक्षा लिएपछि कलेज पढ्न उनी अमेरिका गए। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट स्नातक गरेपछि उनी १९६० को सुरुवातमा हङकङ फर्किए। 

हलिउडमा उनले द रिप्लेसमेन्ट किलर्स (१९९८) र ज्याकी च्यानसँग रस आवर २ मा पनि उनले काम गरे। २००२ को जेम्स बन्ड फिल्म डाइ अनादर  डेमा पनि उनले अभिनय गरे।

२०१४ को फिल्म ओभरहर्ड ३ बाट उनले हङकङ फिल्म अवार्ड्समा उत्कृष्ट सहअभिनेताको उपाधि हात पारे। 

तर, हरेक उमेरका हङकङबासी उनलाई १९६९ मा खेलेको हेयर डाइको विज्ञापनका कारण सम्झिन्छन्।

पर्दामा साङको पाँच सबैभन्दा स्मरणीय भूमिका निम्नाअनुसार छन्ः 
१. अ बेटर टुमरो (१९८६)
२. बिगन हेयर डाइ विज्ञापन (१९६९)
३. द ग्रिड अफ म्यान (१९९२)
४. द रिप्लेसमेन्ट किलर्स (१९९८)
५. ओभरहर्ड ३ (२०१४)


 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .