हङकङका लोकप्रिय अभिनेता केनेथ साङको निधन भएको छ। सिम सा सुइस्थित क्वारेन्टिन होटलमा अचेत भेटिएका उनलाई बुधबार मृत घोषित गरिएको हो। उनी ८६ वर्षका थिए।
साङ कङ नामले पनि चिनिने उनी सोमबार सिंगापुरबाट फर्केपछि क्वारेन्टिनमा थिए।
काउलुन होटलमा स्वास्थ्य विभागका अधिकारीहरुले साङलाई बोलाउँदा ढोका नखुलेको स्रोतले बतायो। त्यसपछि ढोका खोल्न होटलका स्टाफलाई बोलाइएको थियो।
उनलाई सोही स्थलमा मृत घोषित गरिएको थियो। उनलाई मंगलबार गरिएको र्यापिड टेस्टमा भने नेगेटिभ देखिएको थियो।
बुधबार अधिकारीहरुले ४३० जनामा कोरोना संक्रमण पुस्टि भएको र ८ जनाको मृत्यु भएको जनाएका छन्। एससीएमपी
2.9k
Shares
प्रतिक्रिया