हङकङ मेबाट प्रतिबन्ध थप खुकुलो पार्ने निर्णयमा अडिग

हङकङ मेबाट प्रतिबन्ध थप खुकुलो पार्ने निर्णयमा अडिग

नेपालखबर
बैशाख १३, २०७९ मंगलबार १३:१५, काठमाडौँ

हङकङ प्रमुख क्यारी लामले आगामी महिनाबाट भौतिक दुरीको नियम बिस्तारै खुकुलो पार्ने निर्णयमा अडिग रहेको बताएकी छिन्।

हङकङमा निर्धारित समयभन्दा छिटै नै प्रतिबन्धका नियम खुकुलो पारिन सक्ने अनुमानका बीच हङकङ प्रमुख लामले यस्तो बताएकी हुन्। 

पछिल्लो समय कोभिड–१९ संक्रमणको अवस्थामा निरन्तर सुधार आइरहेकाले निर्धारित समयभन्दा पहिला नै प्रतिबन्ध खुकुलो हुन सक्ने अनुमान गरिएको थियो।

यद्यपि हङकङ प्रमुख लामले जुनसुकै समयमा हङकङमा कोरोना संक्रमण बढ्न सक्ने लामको आशंका छ। लामले मे महिनाको मध्यमा प्रतिबन्ध थप खुकुलो पार्ने विषयमा छलफल हुने बताइन्। 

लामले कोरोनाको पाँचौं लहरबाट गुज्रिएको तीन महिना बितिसक्दा अहिले अवस्थामा निकै सुधार आएको र सामान्य अवस्थामा फर्किने दिशामा अघि बढेको बताइन्। तर, अहिले नै सबै प्रतिबन्ध हटाउने विषयमा भने छलफल नभएको उनको भनाइ छ। 

मे महिनाको सुरुबाट हङकङमा थप केही प्रतिबन्ध हटाउने योजना छ। हङकङमा पहिलो चरणमा अप्रिल २१ बाट केही प्रतिबन्ध हटाइएको छ।

जसमा जिम, सिनेमा, पार्क र खेलस्थल खुलेका छन्। दोस्रो चरणमा समुद्री किनारा, बारलगायतका स्थानहरु खुला हुनेछन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .