हङकङमा आगामी महिनाबाट पर्यटकमाथिको प्रतिबन्ध हट्ने

हङकङमा आगामी महिनाबाट पर्यटकमाथिको प्रतिबन्ध हट्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०७९ शनिबार १०:९, काठमाडौँ

हङकङमा आगामी महिनाबाट विदेशी पर्यटकमाथि लगाइएको भ्रमण प्रतिबन्ध हट्ने भएको छ।

हङकङको सरकारले शनिबार दुई वर्षभन्दा लामो समयदेखि लगाइएको प्रवेशमा प्रतिबन्धको नियम हटाउने घोषणा गरेको हो।

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भन्दै हङकङले लगाएको कडा किसिमको प्रतिबन्धको कारण विदेशी पर्यटकले हङकङ भ्रमण गर्न पाएका छैनन्। हालै मात्र सरकारले अन्य प्रतिबन्ध खुकुलो पारेसँगै अब छिटै नै भ्रमणमा लगाइएको प्रतिबन्ध पनि खुल्न सक्ने अपेक्षा गरिएको थियो। 

त्यस्तै हङकङले बाहिरबाट आउने उडानका ५ प्रतिशत सदस्यसम्मलाई कोरोना संक्रमण देखिए उनीहरुलाई सहरमा प्रवेशको अनुमति दिने बताएको छ।

त्यस्तै कोरोना संक्रमित बोकेको जहाजलाई पनि अब ७ दिनको सट्टामा ५ दिन मात्र उड्नमा रोक लगाइनेछ । 

प्रवेशमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गर्दै हङकङको खाद्य तथा स्वास्थ्य ब्युरोले सहर पुनः खुला गर्ने निर्णय पछिल्लो समयका कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै गरिएको हो।

आगामी महिनाबाट प्रतिबन्ध हटेसँगै हङकङ आउने सबैले र्‍यापिड एन्टिजेन टेस्ट गराउनुपर्ने हुन्छ भने पीसीआर परीक्षण पनि अनिवार्य हुनेछ।

र्‍यापिड परीक्षणमा नेगेटिभ आउने मानिसलाई सोझै क्वारेन्टिन केन्द्रमा लगिनेछ, जहाँ उनीहरुले पीसीआर परीक्षणको नतिजा कुर्नुपर्ने हुन्छ। 

पछिल्लो समय हङकङमा बाहिरबाट आएका कोरोना संक्रमितको संख्या निकै कम देखिएकाले भ्रमणमा लगाइएको प्रतिबन्ध पनि हटाउने निर्णय भएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .