हङकङमा थप खुकुलो बनाइँदै हवाई प्रतिबन्धको नियम

हङकङमा थप खुकुलो बनाइँदै हवाई प्रतिबन्धको नियम

नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १३:३५, काठमाडौँ

हङकङले कोभिड–१९ संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको हवाई प्रतिबन्ध थप खुकुलो पार्ने भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार आगामी महिनादेखि हङकङमा कोरोनाबाट संक्रमित बोकेको उडानमा लगाइएको प्रतिबन्ध हटाउने तयारी गरिएको हो।

आगामी महिनादेखि हङकङ त्यस किसिमको एउटा उडानबाट ५ जना मानिससम्म आउन सक्ने व्यवस्था गर्न लागिएको हो। अहिले यो संख्या तीनजनाको रहेको छ। साथै यस्ता विमानलाई पाँच दिनसम्म उडानमा प्रतिबन्ध लगाइनेछ। 

यस विषयसँग जानकार रहेको स्रोतका अनुसार सरकारले अब छिटै नै यो घोषणा गर्ने तयारी गरेको छ।

हङकङले यस किसिमको उडानबाट फैलिन सक्ने कोरोना संक्रमणलाई व्यवस्थापन गर्न सकिने निष्कर्षसहित संक्रमित बोकेका उडानमाथिको प्रतिबन्ध पनि खुकुलो पार्न लागेको हो।  

नयाँ नियम मे महिनाको सुरुवातदेखि कार्यान्वयनमा आउन सक्ने समाचारमा उल्लेख छ।

यो नियम आवश्यक मापदण्ड पूरा गर्दागर्दै पनि हङकङमा परीक्षण गर्दा कोरोनाबाट संक्रमित पाइएका मानिसहरुको हकमा हो।

अहिलेसम्म यसरी प्रयोग गर्दा कोरोना संक्रमण पुष्टि भएको कारण ७० उडानमाथि प्रतिबन्ध लगाइसकिएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .