हङकङमा बँदेलको आक्रमणमा हाइकिङ गएका दुईजना घाइते

हङकङमा बँदेलको आक्रमणमा हाइकिङ गएका दुईजना घाइते

नेपालखबर
बैशाख ८, २०७९ बिहिबार १३:३९, काठमाडौँ

हङकङमा बँदेलको आक्रमणबाट हाइकिङ गएका दुईजना घाइते भएका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबार एक पार्कमा उनीहरुमाथि बँदेलले आक्रमण गरेको थियो।

आक्रमणमा परी ६० वर्षीय पुरुष र ३४ वर्षीया महिला घाइते भएका हुन्। प्रहरीका अनुसार पूर्वी हङकङ आइसल्याण्डमा यो घटना हुँदा उनीहरुसँग केही साथीहरु पनि सँगै थिए। 

आक्रमणमा परेका दुईजनालाई उपचारको लागि अस्पताल पठाइएको छ। उनीहरुलाई बँदेलले दायाँ खुट्टामा टोकेको समाचारमा उल्लेख छ।

नियामकहरुले पछिल्लो समय सहरी क्षेत्रमा पनि जंगली जनावरहरु देखिन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्ने काम सुरु भएको बताएका छन्।

पछिल्लो १ दिनमा मात्र मानिसहरुलाई आक्रमण गर्न जोखिम भएका ७४ जंगली जनावरलाई समातिएको छ। घना बस्ती हुने क्षेत्रमा जंगली जनावरको संख्या बढेसँगै बेलाबेलामा मानिसहरुमाथि आक्रमणका घटनाहरु हुँदै आएका छन्।

पछिल्लो १० वर्षमा हङकङमा ३६ जना मानिसहरु बँदेलको आक्रमणबाट घाइते भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .