हङकङका अधिकांश सिनेमा हलमा थिएटरभित्र खान र पिउनमा प्रतिबन्ध

हङकङका अधिकांश सिनेमा हलमा थिएटरभित्र खान र पिउनमा प्रतिबन्ध

नेपालखबर
बैशाख ७, २०७९ बुधबार १४:२, काठमाडौँ

हङकङका अधिकांश सिनेमा हलले थिएटरभित्र खान र पिउनमा प्रतिबन्ध लगाएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार कोभिड–१९ विरुद्धको तेस्रो डोज खोप लगाएका मानिसले पनि थिएटरभित्र खान र पिउन पाउँदैनन्।

हङकङले प्रतिबन्ध खुकुलो बनाउँदै भौतिक दुरीको नियम तथा अन्य प्रतिबन्ध खुला गर्ने निर्णय गरेको अवस्थामा सिनेमा हलहरुले यस्तो बताएका हुन्। 

हङकङका प्रमुख तीन सिनेमा हल सञ्जालले मंगलबार सिनेमा हल खुलेपछि मानिसहरुलाई थिएटरभित्र खान र पिउनमा रोक लगाइने बताएका हुन्।

बिहीबारदेखि हङकङमा सिनेमा हलहरु खुल्दै छन्। एक सयभन्दा लामो समयदेखि बन्द रहेका सिनेमा हलहरु बिहीबारदेखि खुल्न लागेका हुन्। 

हङकङको मल्टिप्लेक्स सिनेमा, ब्रोडवे सर्किट र गोल्डेन हार्भेस्टले मंगलबार यस्तो घोषणा गरेका हुन्।

यी तीन सिनेमा हल सञ्जालले हङकङका समग्र सिनेमा हलको ५८ प्रतिशत हिस्सा ओगट्छन्। 

हङकङ सरकारले ल्याएको नयाँ नियमअनुसार फिल्म हेर्न जाने मानिसहरु र सिनेमा हलका कर्मचारी दुवैले कोभिड–१९ को तीन डोज खोप लगाउनुपर्ने व्यवस्था छ।

त्यस्तै सिनेमा हेर्न जानेले हङकङको खोप कार्डसम्बन्धी अन्य नियम पनि पालना गर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .