हङकङमा पूर्व नेताको कान टोक्नेलाई साढे १४ वर्ष जेल

हङकङमा पूर्व नेताको कान टोक्नेलाई साढे १४ वर्ष जेल

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार १३:५०, काठमाडौँ

हङकङमा सन् २०१९ को आन्दोलनको क्रममा पूर्व नेताको कान टोक्ने एकजनालाई साढे १४ वर्षको जेल सजाय सुनाइएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ५२ वर्षीया जो चेन नाम गरेका व्यक्तिले पूर्व नेताको कान टोक्नुका साथै अर्को एकजनाको पेटमा प्रहार गरेका थिए भने अन्य दुईजनालाई पनि दुर्व्यवहार गरेका थिए। 

उनले हङकङका पूर्व डिस्ट्रिक काउन्सलर एन्ड्रयु चिउ का यिनको कान टोकिदिएका थिए भने उनकी पत्नी र उनका भतिजलाई पनि प्रहार गरेका थिए। त्यस्तै अर्का एक व्यक्तिलाई पनि उनले हातपात गरेका थिए।

मंगलबार हङकङको उच्च अदालतले नियतवश  मानिसलाई चोट पुर्‍याउने प्रयास गरेको भन्दै उनलाई तीन मुद्दामा दोषी ठहर गरेको हो।

यो घटना सन् २०१९ को नोभेम्बर ३ मा क्युअरी बेको सिटीप्लाजा बाहिर भएको थियो। 

गत वर्ष भएको सुनुवाइको क्रममा यो आक्रमण शान्तिपूर्ण आन्दोलनको लागि मलमा मानिसहरु भेला भएको अवस्थामा भएको थियो।

आन्दोलनको क्रममा खैरो टी–सर्टमा देखिएको चेनले ठूलो स्वरले ताइवानको पक्षमा नारा लगाउँदै ठूलो स्वरले कराएका थिए।

त्यसपछि उनले त्यहाँ उपस्थित मानिसहरुलाई अन्धाधुन्ध प्रहार सुरु गरेका थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .