हङकङमा  शून्य–कोभिड नीतिले बढाएको प्लास्टिक फोहोर

हङकङमा  शून्य–कोभिड नीतिले बढाएको प्लास्टिक फोहोर

नेपालखबर
बैशाख ६, २०७९ मंगलबार १०:१०, काठमाडौँ

हङकङ आउने मानिसले क्वारेन्टिन होटलमा अहिले जताततै प्लास्टिकै प्लास्टिक भेट्छन्।

रिमोट प्लास्टिकले नै बेरिएको हुन्छ, सिरानी पनि प्लास्टिक ब्यागमा हालेर राखिएको हुन्छ भने खाना पनि प्लास्टिकमै बेरिएर आउँछ। 

हङकङले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै क्वारेन्टिनको नियम निकै कडा बनाएको छ।

यसले एकातिर आर्थिक क्षेत्रमा नकारात्मक असर पारेको चिन्ता त छँदै छ, वातावरणविदहरुले पनि यसले व्यापक मात्रामा नकुहिने फोहोर निस्किएकोमा चिन्ता व्यक्त गरेका छन्। 

गत अप्रिल ४ मा हङकङ आएकी उद्यमी क्लेमेन्टाइन भाउघान भन्छिन्, ‘यहाँका सबै कर्मचारीले पूरा पीपीई लगाउँछन्, साथै ग्लोभ्स, बुट, ह्याटसमेत प्रत्येक कर्मचारीले प्रत्येक तलामा लगाउँछन्।’ 

क्वारेन्टिन होटलमा रहेकी उनी त्यहाँ प्रयोग हुने सबैजसो सामान प्लास्टिकले बेरिएको हुने बताउँछिन्। 

अहिले हङकङले दैनिक २३ सय टन फोहोर व्यवस्थापन गर्दै आएको छ। जसमध्ये पुनः प्रयोग गर्न सकिने हिस्सा केवल ११ प्रतिशत रहेको सरकारी तथ्यांक छ।

हङकङ सरकारका प्रवक्ताले यस विषयमा सरकार पनि जानकार रहेको बताउँदै मानिसहरुलाई सकेसम्म हरित जीवनशैली अपनाउन आग्रह गरे। 

स्थानीय वातावरण समूह द ग्रिन अर्थका एडविन लाउ कोभिड–१९ को सरकारको नीतिमा वातावरणीय चासोलाई ध्यान नदिइएको बताउँछन्।

क्वारेन्टिनमा बस्ने सबै मानिस संक्रमित नहुने भएकाले त्यहाँ पुनः प्रयोग गर्न सकिने प्लास्टिकलाई फोहोरको रुपमा फ्याँक्न नहुने उनको भनाइ छ।

सन् २०२२ मा मात्र हङकङले हजारौं मानिसलाई क्वारेन्टिनमा राखेको छ। क्वारेन्टिनमा कोरोना संक्रमित तथा उनीहरुसँग निकट सम्बन्ध भएका मानिसहरुलाई क्वारेन्टिनमा राखिएको थियो। 

यद्यपि यस्ता क्वारेन्टिन केन्द्रमा अहिले फोहोरको समस्या निम्तिएको छ। त्यसो त क्वारेन्टिन केन्द्र आफैं पनि लामो समयसम्म प्रयोगको लागि उपयुक्त छैन।

यसलाई आगामी दिनमा सार्वजनिक हाउजिङको रुपमा प्रयोग गर्न नमिल्ने डिस्ट्रिक काउन्सलर पाउल जिमरम्यान बताउँछन्।

‘त्यस्ता केन्द्रहरु निकै छिटो बनाइएका छन् र उनीहरुले हङकङमा रहेको  कुनै पनि विशेष भवन निर्माणको मापदण्ड पालना गरेका छैनन्’, उनले भने। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .