हङकङसँग बेइजिङको सीमा त्यति सजिलै खुल्दैनः जोन ली

हङकङसँग बेइजिङको सीमा त्यति सजिलै खुल्दैनः जोन ली

नेपालखबर
बैशाख ५, २०७९ सोमबार ११:३, काठमाडौँ

हङकङ प्रमुखको लागि बेइजिङ समर्थित उम्मेदवार जोन ली का चिउले हङकङको बेइजिङसँग सीमा खोल्न धेरै किसिमको समस्या रहेको उल्लेख गरेका छन्। 

उनले बेइजिङसँगको सीमा खुल्नु सोचेजस्तो सहज नभएको पनि स्पष्ट पारेका छन्।

लामो समयदेखि हङकङको बेइजिङसँगको सीमा खोल्ने विषयमा विभिन्न चरणमा योजना तथा छलफल चलिरहेकै भए पनि विभिन्न कारणले सीमा भने खुल्न सकेको छैन। 

उनले हङकङले पछिल्लो समय विश्वलाई कोभिड–१९ नियन्त्रणको जिम्मेवारी सिकाएको बताएका छन्।

यद्यपि उनले आफू हङकङ प्रमुखको रुपमा निर्वाचित भएको खण्डमा हङकङको नियमित भ्रमण खुला गर्ने र सीमा खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

लीले ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत हङकङ र बेइजिङ दुवैसँग महामारी नियन्त्रण गर्नुपर्ने संयुक्त जिम्मेवारी रहेको पनि उल्लेख गरेका छन्।

उनले आगामी दिनमा बेइजिङले हङकङबारे अनावश्यक चिन्ता पनि लिनुपर्ने अवस्था नआउने बताए। उनले हरेक कुराको समाधान रहेको बताएका छन्। 

आगामी मे ८ मा हुन गइरहेको हङकङ प्रमुखको निर्वाचनको लागि ली बेइजिङ समर्थित एकमात्र उम्मेदवार हुन्।

उनले आफ्नो कार्यकालमा हङकङको सरकारको पुनर्संरचनाको काम पनि अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .