हङकङको पूर्वी क्षेत्रको समुद्रमा एक तेल ट्यांकरमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना मानिसहरु घाइते भएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको पूर्वी जलक्षेत्रभन्दा ३ सय किलोमिटर पूर्वतर्फ शनिबार दिउँसो उक्त विष्फोट भएको हो।
विष्फोटमा परेकाको उद्धारको लागि दुईओटा हेलिकोप्टर परिचालन गरिएको थियो।
हङकङ मरिटाइम रेस्क्यु कोर्डिनेसन सेन्टरका प्रवक्ताले विदेशी तेल ट्यांकर विष्फोट हुँदा चालकदलका एकजनाका मृत्यु भइसकेको र अन्य केही मानिस पनि घाइते अवस्थामा फेला परेको बताएका छन्।
सबै घाइतेहरु ३० को दशकका इन्डोनेसियाली नागरिक रहेको समाचारमा उल्लेख छ।
उद्धार गरिएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्थामा स्थिर रहेको अधिकारीहरुले बताएका छन्।
ट्यांकरमा विष्फोट हुँदा १३ जना कर्मचारीहरु थिए। अन्य ६ जना मानिसलाई भने कुनै क्षति पुगेको छैन।
Shares

प्रतिक्रिया