हङकङमा शुक्रबार हाइकिङ गएका एक व्यक्तिको समुद्रमा खसेर मृत्यु भएको छ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार शेक ओनजिकै समुद्रमा खसेर ३२ वर्षीय पुरुषको मृत्यु भएको भएको हो।
प्रहरीका अनुसार आफ्नो फोटो लिइरहेको समयमा उनी समुद्रमा खसेका हुन्।
प्रहरीका अनुसार उनी दिउँसो करिब साढे ३ बजे समुद्रमा खसेका थिए। उनी हङकङ आइसल्याण्डको दक्षिणपूर्वी क्षेत्रमा रहेको केप डी’एङगुलर मारिन रिजर्भसमा खसेका थिए।
प्रहरीका अनुसार उनलाई खसेको स्थानभन्दा १० मिटर टाढाबाट उद्धार गरिएको थियो।
अचेत अवस्थामा फेला परेका उनलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
उनको मृत्युको विषयमा थप अनुसन्धान भइरहेको समाचारमा बताइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भने फोटो लिइरहेको समयमा आएको हावाको ठूलो झोक्काको कारण उनी समुद्रमा खसेका थिए।
पछिल्लो समय हङकङमा हाइकिङमा जाँदा मृत्यु हुने घटना बढेका छन्।
गत सातामात्र हाइकिङमा गएकामध्ये एकजनाको समुद्रमा खसेर र अर्का एकजनाको भिरबाट खसेर मृत्यु भएको थियो।
यससँगै प्रहरीले यस्ता स्थानहरुलाई लक्षित गरेर बार लगाउने काम सुरु गरेको छ। साथै, मानिसहरुलाई प्रतिबन्धित क्षेत्रमा नजान पनि चेतावनी दिएको छ।
Shares

प्रतिक्रिया