हङकङमा तीन वर्षभित्र पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकको प्रयोग तथा व्यापारमा रोक लगाउन सरकारका वातावरण सल्लाहकारहरुले प्रस्ताव गरेका छन्।
हङकङको पछिल्लो फोहोर व्यवस्थापनको रिपोर्टको आधारमा सल्लाहकारले पुनः प्रयोग गर्न नसकिने प्लास्टिकमा प्रतिबन्ध लगाउन प्रस्ताव गरेका हुन्।
काउन्सिल फर सस्टेनेबल डेभलपमेन्टले बिहीबार सार्वजनिक गरेको २४ बुँदे सुझावअनुसार प्लास्टिक शपिङ ब्यागको लागि लेभी पनि ५० सेन्टबाट बढाएर २ हङकङ डलरसम्म पुर्याउन माग गरिएको छ।
अध्ययनको क्रममा हङकङका आम नागरिकबाट पनि राय लिइएको थियो।
उनीहरुले पनि प्लास्टिकमा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए।
हङकङ प्रमुख क्यारी लामले अबको तीन वर्षमा हङकङ सरकारले यी सबै सुझाव पालना गर्न सक्ने विश्वास व्यक्त गरिन्।
हङकङले अहिले अघि सारेको प्रस्ताव पनि चीनले अघि सारेको योजनासँग मेल खान्छ।
अहिले चीनले प्लास्टिकको उत्पादन र व्यापारमा प्रतिबन्ध लगाएको छ। उसले सन् २०२५ सम्ममा पुनः प्रयोग गर्न नसकिने प्लास्टिकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
महामारीको समयमा एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नमिल्ने प्लास्टिकको प्रयोग केही सुरक्षित मानिएको थियो।
त्यसैले यो अवधिमा प्लास्टिक फोहोरमा कुनै कमी आउन सकेको थिएन।
हङकङको सरकारले अहिले पेश गरिएको सुझावको स्वागत गरेको छ।
अप्रिल २५ मा हङकङका वातावरण मन्त्रीले वोङ काम–सिङले लेजिस्टेटिभ्स काउन्सिलको वातावरण मामिलामा सम्बोधन गर्नेछन्।
त्यसक्रममा यस विषयमा केही निर्णय हुन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया