हङकङमा अर्को सातादेखि खुकुलो हुँदै कोरोना प्रतिबन्ध, के केमा दिइँदै छ छूट?

हङकङमा अर्को सातादेखि खुकुलो हुँदै कोरोना प्रतिबन्ध, के केमा दिइँदै छ छूट?

नेपालखबर
बैशाख १, २०७९ बिहिबार ९:५४, काठमाडौँ

हङकङमा आगामी सातादेखि कोरोना महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो हुने भएको छ।

बिहीबार हङकङ प्रमुख क्यारी लामले आगामी सातादेखि कोरोना प्रतिबन्ध खुकुलो बनाइने घोषणा गरेकी हुन्। 

पछिल्लो समय हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको भन्दै कोरोना प्रतिबन्ध पनि हटाउन लागिएको हो।

गत मार्चमा उत्कर्षमा पुगेको कोरोना संक्रमण अहिले त्यसको तुलनामा ९० प्रतिशतले घटिसकेको छ। 

हङकङ प्रमुख लामले कोरोना संक्रमणको भविष्यमा आउन सक्ने लहरको लागि पनि अहिले आफूहरु तयार रहेको बताएकी छिन्। 

अप्रिल २१ देखि लागू हुने गरी खुकुलो पारिएको प्रतिबन्ध अनुसार रेष्टुरेन्टहरु बेलुका १० बजेसम्म खोल्न पाइनेछ।

एउटा टेबलमा ४ जनासम्म मानिस राख्न पाइन्छ। यद्यपि बार भने अझै बन्द रहनेछन्।

क्याटरिङका सबै कर्मचारीले कोरोना खोप लगाएको हुनुपर्नेछ र प्रत्येक तीन दिनमा उनीहरुले एन्टिजेन परीक्षण गराउनुपर्नेछ। 

जिम, ब्युटी पार्लर, सिनेमा, खेलकुद, पार्क र धार्मिक स्थलहरु पनि खुला हुनेछन्। तर, एउटा समूहमा चारजनाभन्दा धेरै मानिस जान पाइनेछैन।

सिनेमा हेर्न जाने र त्यहाँका कर्मचारीले कोरोनाको तेस्रो डोज पनि लिएको हुनुपर्छ। 

सार्वजनिक खेलकुद स्थल, पुस्तकालय, म्युजियम र बालबालिकाका प्ले ग्राउण्डहरु पनि खुल्नेछन्। 

सार्वजनिक समुद्री किनारा, पूलहरु भने अझै बन्द रहनेछन्।  

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .