हङकङकी डिस्ट्रिक्ट काउन्सिलर जोसेफिन साङ साउ हो मृत फेला परेकी छन्। उनी पेङ चाउ र हेइ लिङ चाउ क्षेत्रको प्रतिनिधित्व गर्ने निर्वाचित जिल्ला परिषद् सदस्य थिइन्।
हङकङका स्थानीय सञ्चारमाध्यमका अनुसार पेङ चाउस्थिति आफ्नै कार्यालयमा उनी मृत भेटिएकी हुन्।
आइतबार दिउँसो १.२३ मा प्रहरीले बन्द कोठामा चारकोल बालेर एक महिलाले आत्महत्या गरेको सूचना पाएको थियो।
अग्निनियन्त्रकहरुले ढोका फोरेर हेर्दा उनको मृत्यु भइसकेको थियो।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
साङले पछिल्लो समय सुरक्षा व्यवस्थापकका रुपमा काम गरिरहेको बताइएको छ। उनी जिल्ला परिषद्का विभिन्न समितिहरुमा थिइन्।
कम्युनिटी अफेयर्स, कल्चर एन्ड रिक्रियसन कमिटी, डिस्ट्रिक्ट फ्यासिलिटिज म्यानेजमेन्ट कमिटी, ट्राफिक एन्ड ट्रान्सपोर्ट कमिटी सदस्यका अलावा उनी टुरिजम, एग्रिकल्चर कमिटीकी उपाध्यक्ष समेत थिइन्।
Shares
प्रतिक्रिया