मे महिनामा हङकङको तापक्रम १०० वर्षयताकै कम

मे महिनामा हङकङको तापक्रम १०० वर्षयताकै कम

नेपालखबर
बैशाख १९, २०७९ सोमबार १३:२९, काठमाडौँ

सोमबार हङकङमा मे महिनाको सबैभन्दा कम तापक्रम मापन गरिएको छ।

हङकङको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय जलवायु परिवर्तनको असर देखिने जोखिम बढिरहेको समयमा पछिल्लो १०० वर्षयताकै सबैभन्दा कम तापक्रम मापन हुनु राम्रो संकेत भएको वातावरणविद्हरुले बताएका छन्। 

सोमबार बिहान हङकङको त्सिम सा त्सुईमा न्यूनतम तापक्रम १६.४ डिग्री सेल्सियस थियो। यो तापक्रम सन् १९१७ को मे महिनायताकै सबैभन्दा कम हो। यसअघि सन् २०१३ को मे महिनामा तापक्रम १६.६ डिग्री सेल्सियससम्म झरेको थियो। 

हङकङको तापक्रम कम रहनुको कारण उत्तरपूर्वी क्षेत्रमा वर्षा हुनु रहेको साउथ चाइना मर्निङ पोस्टले बताए। यद्यपि दिउँसो अत्यधिक गर्मी र बिहानको समयमा तापक्रम कम रहनुको कारण भने जलवायु परिवर्तन नै हो भन्ने कुनै पुष्टि नभेटिएको विशेषज्ञहरुले बताएका छन्। 

अहिले जाडोयामबाट गर्मी लागे समय रहेको कारण तापक्रममा ठूलो अन्तर देखिएको केहीको भनाइ छ।

अहिले पूर्णरुपमा गर्मीयाम नलागेको र वर्षा पनि भएकाले मौसम चिसो भएको वातावरणविद लेउङ विङ–मोले बताए। 

यद्यपि हङकङमा सोमबार मापन गरिएको तापक्रम औसतमा सन् १९९१ देखि २०२० को मे महिनाको तापक्रमको तुलनामा ७ डिग्री कम हो। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .