हङकङमा बिहीबारदेखि थप खुकुलो हुँदै प्रतिबन्ध

हङकङमा बिहीबारदेखि थप खुकुलो हुँदै प्रतिबन्ध

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार ९:२२, काठमाडौँ

कोभिड–१९ नियन्त्रणको लागि भन्दै हङकङमा लगाइएको भौतिक दुरीको नियम बिहीबारदेखि थप खुकुलो हुने भएको छ।

मंगलबार हङकङ प्रमुख क्यारी लामले हङकङमा कोरोना प्रतिबन्ध थप खुकुलो बनाइने बताएकी हुन् ।

अहिले खुकुलो बनाइएको नियमअनुसार बिहीबारदेखि  रेष्टुराँहरुम एउटा टेबलमा आठजनासम्म मानिसहरु बस्न पाउनेछन्।

अहिले बढीमा चारजना मानिस एउटा टेबलमा बस्न पाउने नियम छ। 

बिहीबारदेखि मानिसहरुले आफ्नो घरबाहिर खेलकुदस्थलमा मास्क खोल्न पाउनेछन्।

जसमा बास्केटबल कोर्ट, स्विमिङ पुल, समुद्री किनारा र वाटर प्लेग्राउण्ड लगायतका स्थलहरु समावेश छन्।

पछिल्लो समय हङकङमा कोरोना संक्रमण घटेसँगै प्रतिबन्धका नियम पनि थप खुकुलो बनाइएको हो। लामले दोस्रो चरणमा मे१९ देखि प्रतिबन्धका नियम थप खुकुलो बनाइने बताएकी छिन्।

उनका अनुसार मे १९ बाट बार, पार्टी, पार्लर, नाइट क्लबलगायतका स्थल पनि खुल्नेछन्। साथै सिनेमा हलले पनि ८५ प्रतिशत दर्शक राख्न पाउनेछन्।

अहिले ५० प्रतिशतभन्दा बढी दर्शक राख्न नपाउने नियम छ। सोमबार हङकङमा कोरोनाका २८३ नयाँ संक्रमित थपिएका छन्।

अघिल्लो दिन यो संख्या तीन सय थियो। पछिल्लो तीन महिनामा पहिलोपटक हङकङमा दैनिक नयाँ संक्रमितको संख्या तीन सयभन्दा कममा झरेको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .