हङकङमा करिब ४३ लाख हङकङ डलरको लागूऔषधसहित १७ वर्षीय एक विद्यार्थी पक्राउ परेका छन्।
स्पेनबाट कुकुरको खानामा ल्याउने बोरामा हाली लागू औषध तस्करी गरेको आरोपमा उनलाई पक्राउ गरिएको साउथ चाइना मर्निङ पोस्टले बताएको छ।
सोमबार हङकङको विमानस्थलका कार्गो अधिकारीले १० किलो केटामाइन फेला पारेका हुन्।
हङकङ विमानस्थलको भन्सार सुरक्षाकर्मीका वरिष्ठ अधिकारी चाउ विंग–चेओङले विद्यार्थीले ल्याएको पार्सलमा उक्त लागूऔषध फेला परेको बताए।
अहिले उनीमाथि अनुसन्धान तथा सोधपुछको काम भइरहेको उनले बताएका छन्।
लागूऔषध तस्करीको मामिलामा हङकङमा आजीवन कारावास र ५० लाख हङकङ डलरसम्मको जरिवानाको व्यवस्था छ।
3.9k
Shares
प्रतिक्रिया