मृत्युदण्ड पाउन हङकङमा ४ महिलाको हत्या प्रयास

मृत्युदण्ड पाउन हङकङमा ४ महिलाको हत्या प्रयास

नेपालखबर
बैशाख २२, २०७९ बिहिबार १३:४९, काठमाडौँ

मेनल्याण्ड चीनमा अध्ययन गरिरहेका एक युवाले मृत्युदण्डको सजाय पाउन दुई वर्षअघि हङकङमा चार महिलाको हत्या प्रयास गरेको बताएका छन्।

धेरैपटक असफल आत्महत्याको प्रयास गरेका उनले आफ्नै ज्यान लिनको लागि चार महिलाको हत्याको प्रयास गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

बुधबार हङकङको उच्च अदालतमा लिउ युएटेङले सन् २०१९ को अक्टोबरमा चार महिलाको हत्याको प्रयास गरेको स्वीकार गरेका हुन्।

२६ वर्षीय लिउले सन् २०१९ को अक्टोबरमा आउनेजाने टिकट काटी हङकङ प्रवेश गरेका थिए। त्यतिबेला २४ वर्षको रहेका उनले हङकङ प्रवेश गरेको १० दिनपछि शारीरिक अभ्यास गरिरहेकी महिलामाथि आक्रमण गरेका थिए।

सुरुमा उनले ५७ वर्षीया महिलाको घाँटी र ढाडमा चक्कु आक्रमण गरेका थिए। त्यसपछि भाग्ने प्रयासमा रहेका अन्य तीनजनालाई पनि समाएर आक्रमण गरेका थिए। 

आक्रमणपछि लिउ ट्याक्सी चढेर भागेका थिए। सोही दिन उनी हङकङबाट मेनल्याण्ड चीन पुगेका थिए। अक्टोबर १३ मा पुनः हङकङ प्रवेश गर्न लाग्दा लिउ पक्राउ परेका थिए।

उनले आफूले यसअघि आत्महत्याको प्रयास गरे पनि सफल हुन नसकेको कारण मेनल्याण्ड चीनमा मृत्युदण्डको सजाय होस् भनी यो कदम चालेको बताएका छन्। हङकङमा मृत्युदण्डको सजाय नभएको कारण मेनल्याण्ड चीनमा दोषी ठहर हुन चाहेको बताए। 

लिउले चीनमा गएर प्रहरीसमक्ष आत्मसमर्पण पनि गरेका थिए तर प्रहरीले सीमापार भएको अपराधको लागि पक्राउ गर्न नसक्ने जवाफ दिएको थियो। त्यसपछि उनले आजीवन कारावासको लागि हङकङ फर्किने निर्णय गरेका थिए।

लिउको आक्रमणमा परेका महिलामा स्थायी शारीरिक समस्या भने देखिएको छैन। हङकङमा हत्याको प्रयास गरेको मामिलामा हत्याबराबरकै आजीवन कारावास हुन सक्ने व्यवस्था छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .