हङकङमा कोरोना घटेसँगै बेरोजगार भए ६ हजार कर्मचारी

हङकङमा कोरोना घटेसँगै बेरोजगार भए ६ हजार कर्मचारी

नेपालखबर
बैशाख २३, २०७९ शुक्रबार १४:१, काठमाडौँ

हङकङमा कोभिड–१९ को संक्रमण घटेसँगै आइसोलेसन केन्द्रमा काम गर्ने ६ हजार कर्मचारी बेरोजगार हुने भएका छन्।

सरकारले आगामी बिहीबारदेखि आइसोलेसन केन्द्रहरु बन्द गर्ने र कोरोना प्रतिबन्ध खुकुलो पार्ने निर्णय गरेसँगै त्यहाँ काम गरिरहेका कर्मचारी बेरोजगार हुने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

बिहीबार सांसदहरुले पनि सरकारसँग आइसोलेसन केन्द्रलाई ट्रकचालक तथा घरेलु सहयोगी कामदारलाई राख्न उक्त केन्द्रको प्रयोग गर्दै कर्मचारीहरुको रोजगारी बचाउन आग्रह गरेका छन्।

श्रम सेक्टरका सांसद डेनिस लेउङ त्सज–विङले यो हङकङको इतिहासकै सबैभन्दा ठूलो संख्यामा एकैपटक कर्मचारी हटाइन लागेकाले यसले हङकङको बेरोजगारी पनि बढाउन सक्ने उनको भनाइ छ। 

उनले हङकङ सरकारले आगामी बिहीबारदेखि ६ आइसोलेसन केन्द्र हटाउन लागेको बताए।

भविष्यमा कोरोनाको अर्को लहर पनि फैलिन सक्ने सम्भावनालाई पनि ध्यानमा राखेर यस्ता आइसोलेसन केन्द्रलाई प्रयोग गर्न मिल्ने बनाउनुपर्ने उनको भनाइ छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .