हङकङमा आगामी दिनमा कोभिड-१९ नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध थप खुकुलो बनाइने भएको छ।
पछिल्लो समय हङकङमा कोभिड–१९ संक्रमितको संख्यामा उचारचढाव देखिए पनि हङकङले अर्को बिहीबारदेखि प्रतिबन्ध थप खुकुलो पारिने भएको हो।
हङकङ प्रमुख क्यारी लामले पछिल्लो समय स्वास्थ्य विशेषज्ञहरुले पनि प्रतिबन्ध थप खुकुलो पार्नुपर्नेमा जोड दिएसँगै यस्तो निर्णय गरिएको बताएकी छिन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार लामले आगामी हङकङ प्रमुखले भविष्यमा चीनसँगको सीमा खोल्ने वा नखोल्ने भन्नेबारे पनि आवश्यक निर्णय लिनुपर्ने बताएकी छिन्।
त्यसका लागि हङकङको शून्य कोभिडको नीतिलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ।
लामले पछिल्लो समय हङकङमा पछिल्लो समय मानिसको जनजीवन सामान्य अवस्थामा फर्किँदै गएकोमा खुसी व्यक्त गरेकी छिन्।
लामले पछिल्लो समय देखिएको कोरोना संक्रमणको उतारचढावबारे धेरै चिन्तित हुनुपर्ने जरुरी नभएको बताएकी छिन्।
Shares
प्रतिक्रिया