हङकङमा कोरोना घटेसँगै अनिवार्य मास्कको नियम हटाउन माग

हङकङमा कोरोना घटेसँगै अनिवार्य मास्कको नियम हटाउन माग

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ११:४९, काठमाडौँ

पछिल्लो समय हङकङमा कोभिड–१९ को संक्रमण घटेसँगै हङकङमा मास्क अनिवार्य गर्ने निर्णय हटाउन आवाज उठ्न थालेको छ।

हङकङले कोरोना संक्रमणको आधारमा यसअघि लगाइएको प्रतिबन्ध पनि हटाउन गरेको प्रतिबद्धता अनुसार अब मास्क अनिवार्य लगाउनुपर्ने नियम हटाइनुपर्ने आवाज उठेको हो। 

हङकङ अहिले सामान्य अवस्थातर्फ फर्किएको छ। बिहीबारदेखि स्विमिङ पुल र समुद्री किनाराहरु पनि खुलेका छन्। साथै रेष्टुरेन्ट खुला राख्न पाउने समय पनि मध्यरातसम्म पुर्‍याइएको छ। नाइटक्लबहरु पनि रातको २ बजेसम्म खुल्ला राख्न पाउने गरी प्रतिबन्ध खुकुलो पारिएको छ। 

यद्यपि अझै पनि सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने र बाहिरबाट आउने मानिसहरुका लागि क्वारेन्टिनको नियम भने हटेको छैन।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक आलेखमा व्यावसायिक क्षेत्रलाई पहिला कै अवस्थामा फर्काउन मास्क अनिवार्यरुपमा लगाउनुपर्ने नियम हटाउनुपर्ने उल्लेख छ। 

गत मार्चमा हङकङ प्रमुख क्यारी लामले तीन चरणमा प्रतिबन्ध हटाउने बताएकी थिइन्। जसमध्ये दुई चरणको व्याख्या राम्रोसँग गरिएको भए पनि अन्तिम चरणको विषयमा भने स्पष्ट व्याख्या गरिएको छैन र कहिलेदेखि तेस्रो चरणको प्रतिबन्ध खुला हुने हो भन्ने पनि उल्लेख गरिएको छैन। 

अहिले पनि धेरै स्थानमा मानिसहरुले सामान्य जनजीवन सुरु गरिसकेको धेरैजसो हङकङका मानिसहरुले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेकाले यसले आगामी दिनमा समस्या उत्पन्न नगर्ने भन्दै मास्कमाथिको प्रतिबन्ध हटाउन माग गरिएको हो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .