भारतसँगको सम्बन्ध नभेटिएपछि हङकङको हिन्दू मन्दिरको नाम ‘गोर्खा मन्दिर’ राख्न सिफारिस

भारतसँगको सम्बन्ध नभेटिएपछि हङकङको हिन्दू मन्दिरको नाम ‘गोर्खा मन्दिर’ राख्न सिफारिस

नेपालखबर
जेठ १८, २०७९ बुधबार १३:३०, काठमाडौँ

हङकङको क्विन्स हिलस्थित मन्दिरको नाम ‘गोर्खा मन्दिर’ राख्न पुरातत्वविद्ले सुझाव दिएका छन्।

इतिहास हेर्दा फान लिङमा रहेको ऐतिहासिक ग्रेड तेस्रो भवनको रक्षामा कुनै पनि भारतीय सैनिक नखटिएको पाइएसँगै पुरातत्वविदले उक्त मन्दिरको नाम गोर्खा मन्दिर राख्नुपर्ने बताएका हुन्।

मन्दिरको इतिहासबारे धेरै जानकारी उपलब्ध नभएको अवस्थामा स्वयंसेवकहरुले उक्त षट्कोणाकार भवनबारे पहिलो प्रभावकारी संरक्षण प्रतिवेदन तयार पारेका हुन्। उनीहरुले सुरुमा यो मन्दिरको आधारमा छ वटा त्रिभुजाकार ढुङ्गा राखिएको पत्ता लगाएका थिए। जसलाई पहिला पोखरीको रुपमा प्रयोग गरिन्थ्यो।

शोधकर्ताका अनुसार मन्दिरको विशेष किसिमको आठकोणे डिजाइन कमलको फूलबाट प्रभावित भएर बनाइएको संरक्षण अभियन्ता कास्पर याम मिङले बताए।

किंवदन्तीअनुसार पहिला काठमाडौं ठूलो ताल थियो। एक दिन धेरै देउताहरु तालको कमल फूलसँगै बाहिर आएर काठमाडौंको विकास सुरु गरेका थिए। जसको कारण मन्दिर कमलको फूलसँग मिल्दोजुल्दो डिजाइनले निर्माण हुने गरेको हो। नेपालबाट हङकङ गएका मानिसहरुलाई पनि यो कथा राम्रोसँग थाहा छ। 

यो मन्दिर पहिला पनि नेपालीहरुले नै प्रयोग गर्ने गरेको र यससँग सम्बन्धित कथा पनि नेपालसँग जोडिएको पाइएको छ। तर, मन्दिरमा भारतसँगको सम्बन्ध भने भेटिएको छैन। 

मन्दिरमा भेटिएको सामान्य व्याख्यामा पनि मन्दिर गोरखा इतिहाससँग जोडिएको उल्लेख छ। तर, मन्दिरको बाहिर यसलाई हिन्दू मन्दिर भनेर लेखिएको छ। इतिहासका जानकारहरुका अनुसार उक्त स्थानमा कहिले पनि भारतीय सैनिक आएर बसेका थिएनन्। 

यामका अनुसार अबको दिनमा पनि यसलाई हिन्दू मन्दिर भन्ने हो भने आगामी दिनमा बुझाइ गलत हुन सक्छ। त्यसको सट्टा गोर्खा मन्दिर नाम राख्ने हो भने यसको उत्पत्तिको इतिहासको पनि सम्मान हुनेछ।

बेलायत अन्तर्गत रहँदा हङकङमा गोर्खा सैनिकहरूले लामो समय काम गरेका थिए, जसका सन्तान अहिले हङकङमा रहेका छन्। 

हङकङको पुरातत्व तथा स्मारक कार्यालयले पनि मन्दिरको नाम परिवर्तनको प्रक्रिया सुरु गरेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .