दक्षिण चीन सागरमा डुब्यो हङकङको तैरिने रेष्टुरेन्ट

दक्षिण चीन सागरमा डुब्यो हङकङको तैरिने रेष्टुरेन्ट

नेपालखबर
असार ७, २०७९ मंगलबार ८:४८, काठमाडौँ

हङकङको पानीमा तैरिने रेष्टुरेन्ट दक्षिण चीन सागरमा डुबेको छ।

गत मंगलबार दक्षिण चीन सागरतर्फ प्रस्थान गरेका यो रेष्टुरेन्ट दक्षिण चीन सागरमा डुबेको रेष्टुरेन्टका सञ्चालकले बताएका छन्। 

सोमबार एक विज्ञप्ति जारी गर्दै अबेर्डिन रेष्टुरेन्ट इन्टरप्राइजेजले शनिबार साँझ  सिशा टापु पार गर्ने क्रममा खराब मौसमको कारण रेष्टुरेन्ट डुबेको बताएको छ।

रेष्टुरेन्ट पल्टिएपछि उद्धार टोलीको ठूलो प्रयासका बाबजुद पनि आइतबार उक्त रेष्टुरेन्ट डुबेको हो। यो क्रममा कुनै पनि चालक दलका सदस्य भने घाइते नभएको कम्पनीले बताएको छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार सन् १९७० को दशकमा बनाइएको यो होटलको निर्माण खर्च ३ करोड २० लाख हङकङ डलर थियो। समाचारमा बताइएअनुसार यो रेष्टुरेन्ट दक्षिणपूर्वतर्फ लगिँदै थियो। 

सन् २०१९ मा हङकङमा उत्पन्न अस्थिरताको कारण समस्यामा परेको यो रेष्टुरेन्ट कोभिड–१९ को महामारीको कारण २०२० यता बन्द रहँदै आएको थियो। गत महिना कम्पनीले सरकारी मापदण्ड पूरा गर्न नसकिने भन्दै हङकङ बाट यो रेष्टुरेन्ट अन्यत्र सार्न सकिने बताएको थियो।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .