हङकङका केवल दुई प्रतिशत युवा आफूलाई चिनियाँ मान्छन्

हङकङका केवल दुई प्रतिशत युवा आफूलाई चिनियाँ मान्छन्

नेपालखबर
असार ८, २०७९ बुधबार १२:४१, काठमाडौँ

हङकङका केवल दुई प्रतिशत युवाले आफूलाई चिनियाँ मान्ने गरेको एक सर्वेक्षणले देखाएको छ।

६ महिनाअघि ५.४ प्रतिशत युवाले आफूलाई चिनियाँ मान्ने गरेको सर्वेक्षणले देखाएको थियो। मंगलबार सार्वजनिक भएको अर्धवार्षिक अवधिको सर्वेक्षणले पछिल्लो समय हङकङका युवाहरुमा चीनप्रतिको वितृष्णा बढेको देखाएको हो। 

समग्रमा आफू चिनियाँ मान्नेको संख्या भने बढेको हो। १० मध्ये ६.५२ जनाले आफू चिनियाँ भएको बताएका थिए। ६ महिनाअघि यो संख्या ६.१३ थियो। 

हङकङका युवाहरुमा मे ३१ देखि जुन ५ सम्म फोन अन्तर्वार्तामार्फत एक हजार युवामा सर्वेक्षण गरिएको थियो। सर्वेक्षणमा सहभागी ३९ प्रतिशतले आफूलाई हङकङको बासिन्दा भनेर चिनाउन चाहेको बताए।

उनीहरुमध्ये १८ प्रतिशतले आफू चिनियाँ नै भएको लाग्ने बताएका थिए। यद्यपि उमेर समूहलाई हेर्ने हो भने १८ देखि २९ वर्ष उमेर समूहका केवल दुई प्रतिशतले मात्र आफूहरु चिनियाँ भएको लाग्ने गरेको बताएका थिए।

जबकी ५० वर्ष वा सोभन्दा बढी उमेरका २३ प्रतिशत र ३० देखि ४९ वर्ष उमेर समूहका १७ प्रतिशतले आफूलाई चिनियाँ भएको लाग्ने बताएका थिए। 

१८ देखि २९ वर्ष उमेर समूहका ७६ प्रतिशत मानिसले आफू हङकङको मात्र नागरिक भएको बताएका थिए भने यस्तो उत्तर दिनेमा ३० देखि ४९ वर्षसम्मका २९ प्रतिशत थिए। ५० वर्ष वा सोभन्दा धेरै उमेर समूहमा भने यो संख्या २९ प्रतिशत थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .