कोरोनाको गलत नतिजाले हङकङ–मकाउ ब्रिजमा रातभर रोकिए १३० यात्रु

कोरोनाको गलत नतिजाले हङकङ–मकाउ ब्रिजमा रातभर रोकिए १३० यात्रु

नेपालखबर
असार ९, २०७९ बिहिबार ८:१२, काठमाडौँ

कोभिड–१९ को महामारीपछि अहिले समग्र विश्व सामान्य जनजीवनमा फर्किने प्रयासमा छ।

तर, हङकङमा भने कोभिड नियन्त्रणका लागि लगाइएको कडा कानुन कायमै छ। जसको कारण बेलाबेलामा हङकङ जाने मानिसहरुले सास्ती भोग्दै आएका छन्।

यसै क्रममा मंगलबार रातभर १३० यात्रु विना कुनै गल्ती हङकङ–झुहाई–मकाउ ब्रिजमा रोकिएका छन्। त्यहाँ गरिएको परीक्षणमा कोभिड–१९ पोजेटिभको गलत नतिजा देखिँदा रातभर उनीहरु त्यही अड्किएका हुन्। 

हङकङको स्वास्थ्य सुरक्षा केन्द्र (सीएचपी)ले सेवा प्रदायकले गरेको कोभिड परीक्षणमा मंगलबार १३६ जना मानिसमा कोरोना पोजेटिभ देखिएको बताएको छ। यो संख्या अघिल्लो दिनको भन्दा निकै बढी थियो। 

त्यसैले यस विषयमा थप प्रमाणित गर्ने सिलसिलामा केवल तीनजना मानिसमा मात्र कोरोना पोजेटिभ देखिएको थियो। जसमध्ये ९ जना मनिसको नतिजा पुनः अध्ययन गर्नुपर्ने देखिएको थियो भने बाँकीमा कोरोना नेगेटिभ देखिएको थियो। 

सीएचपीकी प्रमुख चुआङ सुक क्वानले वातावरणीय प्रभावको कारण परीक्षणको गलत नतिजा आएको हुन सक्ने बताइन्।

यो घटनासँगै सेवा प्रदायकलाई आफ्नो प्रयोगशालाको सरसफाइमा ध्यान दिन र त्यसको प्रतिवेदन एक साताभित्र बुझाउन पनि निर्देशन दिइएको उनले बताइन्। 

हङकङबाट मेनल्याण्ड चीन तथा मकाउ जाने यात्रुको कोरोना परीक्षणमा अनिवार्यरुपमा नेगेटिभ आउनु जरुरी हुन्छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .