हङकङमा बाहिरबाट आउनेलाई होटल क्वारेन्टिन ५ दिनमा झार्ने तयारी

हङकङमा बाहिरबाट आउनेलाई होटल क्वारेन्टिन ५ दिनमा झार्ने तयारी

नेपालखबर
असार १५, २०७९ बुधबार ८:४०, काठमाडौँ

हङकङमा बाहिरबाट आउने मानिसलाई अनिवार्य होटल क्वारेन्टिन सात दिनबाट घटाएर पाँचदिनमा झार्ने तयारी गरिएको छ। बाँकी दुई दिन भने मानिसहरुले होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङका आगामी स्वास्थ्यमन्त्री लो चुङ–माउले मंगलबार यस्तो बताएका हुन्।

बेइजिङले पनि बाहिरबाट आउने मानिसहरुका लागि त्यस्तै व्यवस्था गर्न लागेकाले हङकङमा पनि बाहिरबाट आउने मानिसका लागि होटल क्वारेन्टिनको अवधि पाँच दिनमा झार्न सकिने बताएका हुन्। 

केही स्वास्थ्य जानकारहरुले बेइजिङले कोभिड–१९ नियन्त्रणको लागि लगाएको प्रतिबन्ध खुकुलो पार्न गइरहेकाले त्यसको सकारात्मक प्रभाव हङकङमा पनि पर्न सक्ने बताएका छन्। 

जुलाई १ देखि कार्यभार सम्हाल्न गइरहेका लो चुङ–माउले होटल क्वारेन्टिनको अवधि घटाउने अन्य विकल्पको विषयमा पनि छलफल भइरहेको बताए। यद्यपि अहिले ५ दिन होटल क्वारेन्टिन र दुई दिन होम आइसोलेसनको विकल्प उपयुक्त देखिएको उनको भनाइ छ। 

अझै पदभार सम्हाल्न केही दिन बाँकी भएकाले त्यसपछि मात्र यस विषयमा घोषणा गरिने उनको भनाइ छ। अहिले हङकङका नागरिकहरु आफूहरुबाट सुखद समाचारको प्रतीक्षामा रहेको र आफूहरुले पनि सोहीअनुसारको तयारी गरिरहेको उनले बताए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .