हङकङले थप भद्रगोल बेहोर्न सक्दैन : सी चिनफिङ

हङकङले थप भद्रगोल बेहोर्न सक्दैन : सी चिनफिङ

नेपालखबर
असार १७, २०७९ शुक्रबार १४:३०, काठमाडौँ

हङकङ भ्रमणमा आएका राष्ट्रपति सी चिनफिङले हङकङले थप भद्रगोल सहन नसक्ने बताएका छन्। हङकङको नयाँ प्रशासनको शपथग्रहण समारोहमा राष्ट्रपति सीले नागरिकहरुलार्य मूलधारको मान्यता अँगाल्न आह्वान गरे।

‘यत्तिका हुरीबतास र झरीपछि हङकङका जनताले के बुझेका छन् भने यो सहरले भद्रगोल बेहोर्न सक्दैन,’ सीले भने।

‘यहाँका बासिन्दाले जुनसुकै पेसा वा दर्शन अँगालेपछि उनीहरुले जबसम्म इमान्दारीपूर्वक एक देश दुई व्यवस्थालाई समर्थन गर्छन, जबसम्म हङकङलाई आफ्नो भूमि सम्झिन्छन्, हङकङको आधारभूत कानुन मान्छन्, तबसम्म उनीहरु सबै हङकङको विकासका लागि सकारात्मक शक्ति हुन्, र उनीहरु सबैले यसमा योगदान दिन सक्छन्,’ सीले भने।

मानिसहरुले सबैको गुणस्तरीय जीवनका लागि हरेकले सहिष्णुता, आपसी सहयोग र भिन्नताहरुलाई सम्मान गर्दै साझा भावना विकास गर्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .