घरेलु कामदारका रूपमा हङकङ आएकी सुनिता तामाङ बेपत्ता भएकी छन्।
दुई दिनदेखि तामाङ घर नफर्केको भन्दै रोजगारदाताले जानकारी गराएपछि शुक्रबार प्रहरीले खोजी गरिरहेको छ। उनी शुक्रबार साँझसम्म फेला परेकी छैनन्।
सप्ताहन्तको छुट्टी मान्न निस्केकी सुनिता दुई दिनसम्म घर नफर्केपछि रोजगारदाताले प्रहरीमा सूचना जारी गरिदिन आफूलाई अनुरोध गरेको ज्याप स्टुडियोका सञ्चालक विक्रम गुरुङले बताए।
गुरुङका अनुसार करिब २५ वर्षीया सुनिताका रोजगारदाता पनि नेपाली नै हुन्।
‘रोजगारदाताले हारगुहार गर्दै नेपाली समुदायमा समेत सुनिताको खोजी गरिदिन अपील गरेका छन्’, गुरुङले नेपालखबरसँग भने, ‘सूचना जारी गरिदिन आग्रह गरेपछि मैले ज्याप स्टुडियोको फेसबुक पेजमा सूचना राखिदिएको हुँ।’
हराएकी सुनिताको फोटोसमेत उपलब्ध गराएका रोजगारदाताले कसैले देखे वा फेला पारे हङकङको मोबाइल नम्बर ५५१७७८७३ वा प्रहरीमा खबर गरिदिन आग्रह गरेका छन्।
Shares
प्रतिक्रिया