हङकङका प्रत्यक्ष अनुदान प्राप्त विद्यालयमा घट्यो भर्नादर

हङकङका प्रत्यक्ष अनुदान प्राप्त विद्यालयमा घट्यो भर्नादर

नेपालखबर
असार ३२, २०७९ शनिबार ९:५१, हङकङ

हङकङको प्रत्यक्ष अनुदान योजना (डीएसएस)का  माध्यमिक विद्यालयमा भर्ना हुने संख्या गत वर्ष अहिलेसम्मकै कम विन्दुमा झरेको छ।

आफ्नै पाठ्यक्रम, शुल्क र भर्ना मापदण्ड तोक्न अरूभन्दा बढी स्वतन्त्रता भएका ५९ माध्यमिक विद्यालयमा गत वर्ष भर्ना हुनेको संख्या ४५ हजारभन्दा तल झरेको हो।

यी विद्यालयमा ५७ हजार विद्यार्थी अटाउने क्षमता छ। अर्थात अहिले उक्त विद्यालयमा १२ हजार ३ सय सिट खाल छ। यसअघि यस्ता विद्यालयमा भर्ना पाउन मुस्किल हुन्थ्यो। मानिसहरुले उज्वल भविष्यको लागि यस्ता विद्यालय छान्ने गरेका थिए। 

विभिन्न विद्यालयहरूमा विद्यार्थी भर्नाको बारेमा पछिल्लो आधिकारिक प्रतिवेदनमा डीएसएस माध्यमिक विद्यालयमा विद्यार्थी पलायनको असर देखिएको पाइएको छ। 

यस्ता विद्यालयको भर्नादर पहिलोपटक ८० प्रतिशतभन्दा कममा झर्दै ७८ प्रतिशतमा आइपुगेको छ। 

डीएसएस माध्यमिक विद्यालयले हङकङका लगभग ३ लाख २६ हजार माध्यमिक विद्यार्थीहरूको १४ प्रतिशत हिस्सा ओगटेका छन्। ३९० सरकारी तथा स्वामित्वका विद्यालयमध्ये अधिकांशमा विद्यार्थी भर्नादर घटेर ८५ देखि ८३ प्रतिशतसम्ममा झरेको छ। सन् २०२० मा यी विद्यालयको भर्नादर ९० प्रतिशत थियो। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार गत सेप्टेम्बरबाट सुरु भएको चालु शैक्षिक सत्रमा हङकङका विद्यालयबाट ३० हजारभन्दा धेरै विद्यार्थीले विद्यालय छाडेका छन्। समाचारमा उल्लेख गरिएअनुसार पछिल्लो समय हङकङ छाड्ने अभिभावकको कारण स्थानीय विद्यालयमा पनि भर्नादरमा गिरावट आएको हो।

बेइजिङले सन् २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि, बेलायत, क्यानडा र अष्ट्रेलियाले हङकङका बासिन्दालाई अध्ययन वा काम गर्न त्यहाँ जानको लागि आफ्नो अध्यागमन नीतिहरू सहज बनाएका छन्।

जसको कारण त्यहाँ जाने हङकङका आप्रवासीको लहर फैलिएको छ। त्यसैले हङकङका विद्यालयबाट विद्यार्थीहरु बाहिरिने क्रम पनि बढेको हो। 

यद्यपि बाहिर जान चाहेकाहरु यसअघि नै गइसकेकाले आगामी दिनमा भने हङकङबाट बाहिरिनेको संख्यामा कमी आउन सक्ने जानकारहरुले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .