हङकङमा २० वर्ष आधा प्राइमरी शिक्षकको रुपमा सेवा गरेका केइथ (नाम परिवर्तन)ले अ एक वर्षअघि आफ्नो जागिर छाडे। ४७ वर्षीय उनी आफ्नो जागिर छाडेर श्रीमती र बच्चासहित बेलायत गए।
उनलाई हङकङमा सेवासुविधा राम्रै थियो। उनको तलब महिनाको करिब ६० हजार हङकङ डलर प्रतिमहिना थियो।
केइथले आफ्नो रिटाइरमेन्ट कोषबाट पनि करिब २० लाख हङकङ डलर निकाले, आफ्नो घर बचे र बाँकी अन्य सम्पत्ति पनि बिक्री गरे।
आफूलाई प्रधानाध्यापकले रोक्न खोजेको सम्झिँदै उनी भन्छन्, ‘प्रधानाध्यापकले मलाई बेलायतको बसाइ सजिलो नभएको बताएका थिए र हङकङमा पाएको जस्तो सुविधा पनि बेलायतमा नपाउने बताएका थिए।’
यद्यपि उनी रोकिएनन्। उनी आफ्नो १३ वर्षीय छोराको भविष्यलाई ध्यानमा राख्दै बेलायत जान लागेको र आफूलाई बेलायतमा कम कमाउँछु र राम्रो काम पनि पाउँदिनँ भन्ने पीर नरहेको बताउँछन्।
पछिल्लो दुई वर्षमा हङकङमा जागिर छाडेरका धेरै शिक्षकमध्ये केइथ एक हुन्। ठूलो संख्यामा हङकङका शिक्षकले जागिर छाडेसँगै यहाँ अनुभवी शिक्षकको अभाव देखिएको छ। केही विद्यालयले त दीक्षित नभएका विद्यार्थीलाई नै ट्रेनीको रुपमा काममा राख्न थालेका छन्।
पछिल्लो केही महिनामा सार्वजनिक भएका तथ्यांकले पनि हङकङमा देखिएको शिक्षक अभावलाई स्पष्ट पारेको छ। गत अप्रिल महिनामा हङकङको शिक्षा ब्युरोले सन् २०२०–२१ मा किंडरगार्डेन, प्राइमरी, सेकेन्डरी र विशेष स्कुलबाट ५ हजार २७० शिक्षकले जागिर छाडेको तथ्यांक सार्वजनिक गरेको थियो। अघिल्लो एक वर्षमा यो संख्या ३ हजार ४४० थियो।
त्यसअघि सार्वजनिक भएको शिक्षकको रिटायरमेन्ट कोषले २ हजार १२५ शिक्षकले समग्रमा ६ अर्ब ८० करोड हङकङ डलरबराबरको रकम निकालेको उल्लेख गरेको थियो। यसरी पैसा निकाल्नेमध्ये आधाभन्दा धेरैले आफूहरुले जागिर छाडेको बताएका थिए।
२०२०/२१ मा जागिर छाड्नेमध्ये दुई तिहाइभन्दा धेरै वरिष्ठ शिक्षकहरु थिए। उनीहरुसँग १५ वर्षभन्दा लामो शिक्षण अनुभव थियो। गत वर्ष जागिर छाड्नेमध्ये ९ प्रतिशत शिक्षकको शिक्षण अनुभव १० देखि १५ वर्षको थियो।
गत मे महिनामा हङकङ सेकेण्डरी स्कुल हेड एसोसिएसनले सार्वजनिक गरेको सर्वेक्षणको नतिजाअनुसार शैक्षिक वर्ष २०२०÷२१ म अहिलेसम्मकै धेरै शिक्षकले जागिर छाडेका छन्।
१४० विद्यालय समेटेको उक्त संस्थाका अनुसार धेरै प्रधानाध्यापकले नयाँ शैक्षिक सत्रमा नयाँ शिक्षक ल्याउनको लागि पनि थुप्रै कठिनाइको सामना गर्नुपरेको बताएका थिए। शिक्षकहरुले यसरी जागिर छाड्नुको कारण भने आप्रवासन, अवकाश, थप अध्ययन, नयाँ रोजगारी पाउनु वा विवाह हुनुजस्ता रहेको शिक्षा ब्युरोले बताएको छ। ब्युरोले भने अहिले पनि विद्यालयहरु पूर्ववत अवस्थामा सञ्चालन भइरहेको र पर्याप्त मात्रामा योग्य शिक्षक रहेको उल्लेख गरेको छ।
हङकङ एजुकेसन वर्कर्स युनियनका अध्यक्ष वोङ किन होले पछिल्लो दुई वर्षमा ठूलो संख्यामा शिक्षकबाट आएको राजीनामाको कारण कर्मचारीको अभाव देखिएको बताए। उनी एक विद्यालयका उप प्रधानाध्यापक पनि हुन्।
हङकङमा सन् २०१९ मा भएका सरकारविरोधी आन्दोलनपछि भने शिक्षकको राजीनामा आउने क्रम बढेको हो। यसै क्रममा शिक्षकले पनि विद्यार्थीहरुलाई राजनीतिकरुपमा अभिप्रेरित भएर पढाउने गरेको गुनासो आउने गरेको छ। विशेषगरी सन् २०१९ को सरकारविरोधी आन्दोलनको समयमा यस्तो गुनासो धेरै आएका थिए।
हङकङमा शिक्षकको जागिर नराम्रो भने नरहेको केइथको भनाइ छ। उनी हङकङको शिक्षक बन्नुभन्दा धेरै गाह्रो हङकङका समाचारहरु पढ्नुमा हुने गरेको बताउँछन्। काम छाडेर बेलायत गएपछि उनी लामो समयसम्म कामविहीन बनेर बसे। तर, हालै मात्र उनले इलेक्ट्रिसियनमा नाम निकालेर काम सुरु गरेका छन्।
हङकङमा शिक्षकको जागिर छाडेर बेलायत पुगेका अर्का शिक्षक शिक्षक स्टिभन गत वर्ष आफ्नो परिवारसहित बेलायत गएका थिए। ६० हजार हङकङ डलरको जागिर छाडेर बेलायत पुगेका उनले एक आईटी विशेषज्ञको रुपमा काम गररहेका छन्। उनले आम्दानी करिब २० हजार हङकङ डलरको हाराहारीमा छ। यद्यपि आफूलाई यस विषयमा कुनै दुखेसो भने नरहेको उनी बताउँछन्।
प्रतिक्रिया