असोज दोस्रो सातादेखि क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान भर्ने

असोज दोस्रो सातादेखि क्याथे प्यासिफिक एयरवेजले हङकङ–काठमाडौं उडान भर्ने

नेपालखबर
साउन २१, २०७९ शनिबार १८:४६, काठमाडौँ

हङकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हङकङ–काठमाडौं–हङकङ उडान भर्ने भएको छ। एयरवेजले असोज १५ (अक्टोबर १ तारिख) देखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको हो। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे एयरवेजले उडानका लागि सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र मात्रै स्लट मिलाउन बाँकी छ। 

एयरवेजले दिउँसोको समयमा स्लट मागेको छ। प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए। उनले भने, ‘क्योथे प्यासिफिक एयरवेजले अक्टोबर १ देखि नियमित उडान गर्ने भनेको हो तर, स्लट मिलिसकेको छैन। एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, हामी (प्राधिकरण) ले राति ८ बजेपछिको समय दिने भनेका छौँ, एयरवेजले सहमति जनाइसकेको छैन।’

क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हङकङ–काठमाडौँ–हङकङ एउटा उडान भर्नेछ। क्याथे प्यासिफिक हङकङको ड्र्यागन एयरलाइन्सअन्तगर्ततकै एयरलाइन्स हो। 

कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हङकङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो। हङकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेडअन्तर्गतकै विमान कम्पनी हो। क्याथे प्यासिफिक एयरवेज लिमिटेड हङकङको ध्वजाबाहक हो। यसको मुख्य कार्यालय र मुख्य केन्द्र हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा छ।

अहिले काठमाडाभैं–हङकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान गरिरहेको छ। नेपालीको बाहुल्यता रहेको हङकङ मत्हत्वपूर्ण हवाई गन्तव्य मानिन्छ। काठमाडौँबाट हङकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापानलगायत गन्तव्यमा पुग्न उक्त उडानबाट सहज हुनेछ।

हाल क्याथेले हङकङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ। क्याथेले एयरबस ‘३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत असार १७ गते थाइल्यान्डको थाई स्माइल एयरवेज र सआर २२ देखि श्रीलङ्कन एयरलाइन्सले उडान भर्दै आएका छन्।

अन्तर्राष्ट्रिय उडानमा २७ एयरलाइन्स
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई नेपालीसहित हाल २६ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। यीमध्ये नेपालसहित २१ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सिधा हवाई उडान भर्दै आएका छन्। 

आगामी असोज १५ देखि क्याथे प्यासिफिकले पनि सिधा उडान भर्ने भएपछि अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको सङ्ख्या २७ पुग्नेछ। त्रिभुवन विमानस्थलमा कोभिड–१९ महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए।

कोभिडपछि अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक सरदर ७० उडान भइरहेको छ। यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन्। नेपालले हालसम्म ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ। पछिल्लो पटक नेपालले सन् २०१९ मा अस्ट्रेलियासँग हवाई सेवा सम्झौता गरेको थियो। रासस

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .