हङकङ–चुहाइ–मकाओ पुलमा सन् २०२३ मा हाफ म्याराथन आयोजना गरिने भएको छ। हङकङ एसोसियसटन अफ एथ्लेटिक्स एफिलिएट्स र प्रायोजक म्यानुलाइफले मंगलबार सो दौड आयोजनाका लागि साझेदारी घोषणा गरेका हुन्।
हङकङदेखि मकाओसम्म ५४ किलोमिटर लामो यो पुल २०१८ मा खुलेको हो। यो विश्वको सबैभन्दा लामो समुद्री पुल पनि हो।
‘हङकङ–चुहाइ–मकाओ पुलमा पहिलो हाफ म्याराथन आयोजना गर्न म्यानुलाइफ हङकङसँग साझेदारी गर्न पाउँदा हामी आनन्दित छौँ,’ एसोसियसटनका प्रमुख क्वान कीले भने।
दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षरपछि सो घोषणा गरिएको हो। पहिलो वर्षका लागि यो दौड हङकङमा मात्र सीमित हुनेछ।
त्यसलाई पछि चुहाइ र मकाओसम्म विस्तार गरिने योजना पनि छ।
दौडको योजना, सम्भाव्यता तथा तयारीसम्बन्धी अध्ययन भइरहेको अधिकारीहरुले जनाए। त्यसका लागि सरकारी अनुमति पनि चाहिनेछ। एससीएमपी
282
Shares
प्रतिक्रिया