छ वर्षीया बालिकालाई रङ हान्ने तीन पुरुषलाई हङकङमा तीन महिना जेल सजाय दिइएको छ। स्कुल जाँदै गरेकी बालिकालाई उनको परिवारसँगको दुश्मनीका कारण उनीहरुले आक्रमण गरेका थिए।
जेल पर्नेहरुमा वर्ष २८ का निर्माण कामदार ली पुइयु, ३३ वर्षीय रेस्टुराँ सञ्चालक चेङ फुकिट र यातायात कामदार ४७ वर्षीय चान हाउची छन्।
मुख्यभूमि चीनमा ऋण उठाउने काम गर्ने बालिकाका हजुरबासँग उनीहरुको दुश्मनी रहेको बताइएको छ।
बुधबार जिल्ला अदालतले उनीहरुलाई सो सजाय दिएको हो। उनीहरुले होसियारीपूर्वक योजना बनाएर आक्रमण गरेको अदालतको भनाइ छ।
उनीहरुले अक्टोबर २०२० मा सा तिनस्थित सोइ विङ सिङ प्राथमिक विद्यालयको प्रवेशद्वार पुगेर ती बालिकालाई गिलासबाट रङ खन्याइदिएका थिए।
घटनामा संलग्न दुई जनालाई प्रहरीले केही दिनमै पक्रेको थियो। एक जना गत वर्ष मात्र पक्राउ परेका थिए। एससीएमपी
5.4k
Shares
प्रतिक्रिया