दक्षिणपूर्वी एसियामा बन्धक बनाइएका हङकङका नागरिकलाई फिर्ता ल्याउन सुरक्षा ब्युरोले कार्यदल गठन गरेको छ। जसमा विभन्न विभागका प्रतिनिधि सामेल छन्।
अहिले म्यानमारमा मात्रै ८ जना हङकङका नागरिक बन्धक बनाइएका छन्।
सुरक्षा उपसचिव माइकल चेक हाउयिपले बिहीबार टास्क फोर्समा प्रहरी तथा अध्यागमन विभागका प्रतिनिधि रहेको जानकारी दिए।
ब्युरोले दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकहरुमा बन्धक बनाइएका २० जनाको उद्धारका लागि आग्रह गरिएको जानकारी दिएको छ। जसमध्ये १२ जना सुरक्षित रहेको पुष्टि भएको बताइएको छ।
उनीहरुलाई छुटाउन प्रहरी, अध्यागमन र हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको कार्यालयले मिलेर काम गरिरहेको चेकले बताए।
सरकारको पहिलो प्राथमिकता उनीहरुको सुरक्षित फिर्ती भएको भन्दै त्यसका लागि सम्भव भएजति सबै काम गरिने बताए।
बुधबार प्रहरीले जनाएअनुसार तीमध्ये कतिपयलाई रोजगारी र डेटिङका नाममा बोलाएर फिरौतीका लागि बन्धक बनाइएको हो।
चीनको विदेश मन्त्रालयले पनि बुधबार उनीहरुको फिर्ताका लागि सम्बन्धित मुलुकका दूतावाससँग सम्पर्क गरिएको जानकारी दिएको छ। एससीएमपी
प्रतिक्रिया