हङकङमा कोभिडका बिरामीलाई छुट्याएको बेड दोब्बर पारियो

हङकङमा कोभिडका बिरामीलाई छुट्याएको बेड दोब्बर पारियो

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १५:३२, हङकङ

हङकङमा कोभिडका बिरामीलाई छुट्याइएको सार्वजनिक अस्पतालका बेड संख्या दोब्बर पारिने भएको छ। 

मंगलबार ६ हजार ६५४ नयाँ संक्रमित देखा परेपछि कोभिडका बिरामीलाई ५ हजार बेड छुट्याउने बताइएको हो।

हङकङ प्रहरीका कमिस्नर रेमन्ड स्युलाई समेत कोरोना संक्रमण देखिएको छ। उनी आइसोलेसनमा बसेका छन्।

उनले सोमबार सुरक्षा उपसचिव माइकल चेक हाउयिपलाई भेटेका थिए। त्यस्तै उनले एक रेडियोलाई अन्तर्वार्ता समेत दिएका थिए।

उनको कार्यालय र पुगेका ठाउँहरुलाई ‘डिस्इन्फेक्ट’ गरिने भएको छ।

दैनिक संक्रमितमध्ये मंगलबार २४४ जना आयातीत हुन्। सरकारले १० जनाको ज्यान गएको बताएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .