एक नेपालीलाई हङकङको अदालतले अवैध रुपमा काम गरेको भन्दै साढे २२ महिना जेल सजाय दिएको छ।
३६ वर्षीय ती पुरुषलाई सातिन मजिस्ट्रेट्स कोर्टले १९ अगस्टका दिन सो सजाय सुनाएको हो।
गत वर्षको नोभेम्बर २५ मा हङकङ प्रहरी, अध्यागमन विमाग र श्रम विभागले संयुक्त रुपमा याउ मा तेइको एउटा रेस्टुरेन्टमा छापा मारेका थिए।
ती नेपाली पुरुष त्यहाँ काम गरिरहेका थिए। उनी अध्यागमनबाट सर्तसहित छुटेका मात्र थिए। उनलाई काम गर्ने अनुमति थिएन।
उनलाई अदालतमा पेस गरिएको थियो। सुनुवाइपछि अदालतले २२ महिना दुई हप्ता जेल सजाय सुनाएको छ।
9.2k
Shares
प्रतिक्रिया