नौ वटा कडा सर्तसहित हङकङका पूर्वसांसद अल्बर्ट हो जमानतमा रिहा

नौ वटा कडा सर्तसहित हङकङका पूर्वसांसद अल्बर्ट हो जमानतमा रिहा

नेपालखबर
भदौ ६, २०७९ सोमबार १८:५८, हङकङ

हङकङका पूर्व विपक्षी सांसद अल्बर्ट हो चुनयानलाई सोमबार जमानत दिइएको छ। उनीमाथि राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत आरोपमा मुद्दा चलिरहेको छ। उनी गैरकानुनी भेला गरेको आरोपमा जेलमा थिए।

हङकङ अलायन्स इन सपोर्ट अफ प्याट्रियोटिक डेमोक्र्याटिक मुभमेन्ट्स अफ चाइनाका पूर्वउपाध्यक्ष हुन् हो। सो समूह अहिले भंग भइसकेको छ। 

अक्टोबर २०१९ मा गैरकानुनी भेला गरेको आरोपमा उनलाई २०२१ देखि १८ महिना जेल सजाय दिइएको थियो। सोही सजाय काटिरहँदा उनीमाथि राज्यको शक्तिलाई कमजोर तुल्याउन अरुलाई उक्साएको आरोपमा सुरक्षा कानुन अन्तर्गत मुद्दा चलाइएको थियो।

६ वर्षअघि क्यान्सर देखिएका उनले परीक्षणका लागि पनि जमानत दिन आवेदन गरेका थिए। 

अहिले उनलाई ७ लाख धरौटी, छोरी र भाइबुहारीका तर्फबाट दुई लाख डलरको ग्यारेन्टी र हप्तामा तीन पटक वान चाइ प्रहरी चौकीमा हाजिरी लगाउनेसहित ९ वटा सर्तमा जमानत दिइएको हो।

यसबीचमा उनले हङकङ छाड्न पाउने छैनन्, उनले यात्रासम्बन्धी सम्पूर्ण कागजपत्र बुझाउनेपर्ने छ र हालको ठेगाना बदल्नुअघि प्रहरीलाई सूचना दिनुपर्नेछ।

त्यस्तै, राष्ट्रिय सुरक्षामा आँच आउने कुनै गतिविधि गर्न निषेध छ। उनलाई कुनै विदेशी अधिकारीलाई भेट्न पनि प्रतिबन्ध छ। एससीएमपी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .