हङकङमा फेरि बढ्न थाल्यो कोरोना, स्वास्थ्य प्रणालीमा भार बढ्ने चेतावनी

हङकङमा फेरि बढ्न थाल्यो कोरोना, स्वास्थ्य प्रणालीमा भार बढ्ने चेतावनी

नेपालखबर
भदौ १०, २०७९ शुक्रबार ११:२५, काठमाडौँ

हङकङमा पुनः कोभिड–१९ को संक्रमण बढ्न थालेको छ। हङकङमा नयाँ संक्रमितको संख्या गत जुनयताकै उच्च देखिएको छ।

बिहीबार हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या ८ हजार ५७९ देखिएको हो। यो संख्या हङकङको लागि मार्च २७ यताकै धेरै हो। यससँगै सरकारले स्वास्थ्य प्रणालीमा ठूलो भार थपिन सक्ने चेतावनी जारी गरेको छ। 

हङकङका स्वास्थ्य विशेषज्ञहरुले पछिल्लो  दुईदेखि तीन दिनमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या २ हजारले बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उनीहरुले अब छिटै नै यो संख्या १० हजार नाघ्न सक्ने चेतावनी दिएका छन्। दैनिक संक्रमितको संख्या १० हजार नाघ्दा यसले स्वास्थ्य प्रणालीमा ठूलो भार थप्ने उनीहरुको भनाइ छ। 

बिहीबार कोरोना संक्रमणको कारण थप नौ जनाको मृत्यु भएको छ। बिहीबार भेटिएका नयाँ संक्रमितमध्ये २९७ संक्रमित बाहिरबाट आएका थिए।

हङकङमा कोरोनाको छैटौं लहर सुरु हुन लागेको हो? भन्ने प्रश्नमा विशेषज्ञहरुले अझै पनि पाँचौं लहर नसकिएको बताएका छन्। यद्यपि गत अप्रिलमा नयाँ संक्रमितको संख्या केही सयमा झरेको थियो। 

अहिलेकै अवस्थामा कोरोना संक्रमण बढे आगामी दिनमा प्रतिबन्ध थप बढ्न सक्ने जानकारहरुले बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .