घट्यो बेलायती नागरिकताका लागि आवेदन दिने हङकङेको संख्या

घट्यो बेलायती नागरिकताका लागि आवेदन दिने हङकङेको संख्या

नेपालखबर
भदौ ९, २०७९ बिहिबार २०:१०, हङकङ

बेलायती नागरिकताका लागि आवेदन दिने हङकङेहरुको संख्यामा कमी आएको छ। यो वर्षको पहिलो त्रैमासमा भन्दा दोस्रो त्रैमासमा ८ प्रतिशत कमले त्यस्तो आवेदन दिएको 

तर, विज्ञहरुले हङकङको कोरोना प्रतिबन्ध र बेलायती शिक्षाका कारण आवेदन दिनेहरुको संख्या कायम रहने बताएका छन्।

बेलायती सरकारले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ब्रिटिस नेसनल (ओभरसिज) कार्यक्रमका लागि अप्रिलदेखि जुनसम्म १८ हजार १ सय आवेदन परेको छ। अघिल्लो त्रैमासमा यो संख्या १९ हजार ५ सय थियो।

त्यसमध्ये ९६ प्रतिशत आवेदन बेलायतबाहिरबाट गरिएको हो। अघिल्लो वर्ष यो कार्यक्रम सुरु हुँदा तीन महिनामा ३४ हजार ३ सय आवेदन दिएका थिए।

गत वर्षको अन्त्यमा १५ हजारमा झरेको आवेदन कोभिडका नियममा गरिएका कारण फेरि बढेको छ।

हालसम्म यस्तो भिसाका लागि १ लाख ४० हजार ५ सयले आवेदन दिएका छन्। त्यसमध्ये ९५ प्रतिशतले अनुमति पाएका पनि छन्। 

हङकङको ७५ लाख जनसंख्यामध्ये यो कार्यक्रमका लागि ५४ लाख मानिस योग्य छन्। 

हङकङेहरुका लागि क्यानडा र अस्ट्रेलियाले पनि आप्रवासन कार्यक्रम ल्याएका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .