हङकङको निर्यातमा गत वर्षको तुलनामा ८.९ प्रतिशतले गिरावट आएको छ। भूराजनीतिक तनाव र कोभिड महामारीका कारण निर्यातमा अझै कमी आउने सरकारको भनाइ छ।
तथ्यांक विभागले बिहीबार जारी गरेको सूचनाअनुसार गत महिना हङकङले करिब ३८० अर्ब हङकङ डलर बराबरको निर्यात गरेको छ।
हङकङको आयात पनि ९.९ प्रतिशतले कम भएको छ। यो सहरले गत महिना ४०७ अर्ब डलरको आयात गरेको छ।
जुलाईमा हङकङलाई २७.६ अर्ब डलर व्यापार घाटा भएको छ।
चीन, अमेरिका र युरोपमा निर्यात घटेको छ। एसियाका अन्य बजारमा मिश्रित नतिजा आएको छ।
‘हङकङमा आवतजावतको नियम खुकुलो नपार्ने हो भने यसको अर्थतन्त्र अझ ओरालो लाग्ने जोखिम छ,’ न्याटिक्सिस कर्पोरेटका अर्थशास्त्री ग्यारी ङ चेक यानले भने। एससीएमपी
282
Shares
प्रतिक्रिया