हङकङमा हाइकिङ गएकी घरेलु सहयोगी महिलाको पोखरीमा खसेर मृत्यु

हङकङमा हाइकिङ गएकी घरेलु सहयोगी महिलाको पोखरीमा खसेर मृत्यु

नेपालखबर
भदौ २८, २०७९ मंगलबार ८:४३, हङकङ

हङकङको चर्चित हाइकिङ स्पोटमा एक घरेलु सहयोगी महिलाको पोखरीमा खसेर मृत्यु भएको छ।

सोमबार त्सुएन वानको त्सो कुङ टाममा आफ्ना साथीहरुसँग हाइकिङ गएकी महिलाको पोखरीमा खसेर मृत्यु भएको हो। मृत्यु हुनेमा इन्डोनेसियाकी ३५ वर्षीया महिला रहेको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ। 

महिला पोखरीमा खसेपछि उनका साथीहरुले दिउँसो साढे ४ बजे प्रहरीलाई खबर गरेका थिए। प्रहरीले महिलाको उद्धारका लागि गोताखोरसहितको टोली परिचालन गरेको थियो।

करिब सवा ५ बजे प्रहरीको टोलीले महिलालाई अचेत अवस्थामा फेला पारेको थियो। उनलाई नजिकैको अस्पतालमा पु¥याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए। 

प्रहरीले यस विषयमा अहिले अनुसन्धान भइरहेको बताएको छ। त्सो कुङ टाम स्ट्रिम झरना र पोखरीको लागि मानिसहरुको आकर्षणको केन्द्रको रुपमा रहँदै आएको छ।

यो स्थानमा पुग्न त्सुएन वान एमटीआरबाट करिब २० मिनेट लाग्छ। यद्यपि यहाँ घुम्न जाँदा होसियारी अपनाउन र त्यहाँ राखिएका संकेत चिन्हको पालना गर्न प्रहरीले आम नागरिकलाई आग्रह गर्दै आएको छ। यसअघि पनि यो क्षेत्रमा यस्ता केही घटना भएका थिए। 

गत मार्चमा १७ वर्षीय पाकिस्तानी किशोर पनि सोही स्थानमा पोखरीमा डुबेका थिए। 

गत वर्षको जुलाईमा २३ वर्षीया नेपाली महिलाको पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी थिइन्। पछि उनको शव फेला परेको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .